साढे ५ करोडको सिँचाइ योजना ८ वर्षदेखि अलपत्र

वन क्षेत्रमा प्रक्रिया नपुर्‍याई निर्माण भइरहेको भन्दै रोकिएको सिँचाइ आयोजनाको काम ८ वर्ष बितिसक्दा पनि पुनः सुरु हुन सकेको छैन । बुद्धभूमि नगरपालिकास्थित चङघाटमा निर्माणाधीन गुडरुङखोला सिँचाइ आयोजनाको काम रोकिएको हो । वन क्षेत्रको जग्गामा कागजी प्रक्रिया नपुर्‍याई निर्माणको काम थाल्दा वनले नहर निर्माणको काम रोकेपछि ५ करोड ३१ लाख लागतमा निर्माण भइरहेको सिँचाइ आयोजना अलपत्र परेको हो ।

सम्बन्धित सामग्री

सिँचाइ योजना अलपत्र, खेतीयोग्य जमिन बाँझो

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले सञ्चालन गरेको सिँचाइ योजना अलपत्र परेपछि किसान खेतीयोग्य जमिन बाँझो राख्न बाध्य भएका छन् । सिगास गाउँपालिका–१, स्यापागैर सिँचाइ योजना विगत चार वर्षदेखि अलपत्र परेको छ । सो कार्यालयले निर्माण सुरु गरेको योजना पूरा नहुँदा अधिकांश जमिन बाँझो भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २० लाख रुपियाँमध्ये १३ लाख रुपियाँ खर्च गरेर योजना सुरु गरेको हो । तर २०८१ साल आइसक्दासम्म योजना पूरा हुने/नहुने टुङ्गो लाग्न सकेको छैन । सिँचाइका लागि खरिद गरिएका पाइप जङ्गलमा अलपत्र छन्, केही पाइप आगोले पोलिएका छन् ।

एक करोड ६२ लाख रुपियाँ खर्चेको सिँचाइ योजना १५ वर्षदेखि अलपत्र

दोलखाको सैलुङ गाउँपालिका–८ मा करिब डेढ दशक अघि करोडौँको लगानीमा निर्माण सुरु भएको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन सकेको छैन ।

लिफ्ट सिँचाइ अलपत्र

बन्गाडकुपिण्डे नगरपालिका–२ बामेस्थित राइरा लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीले काम नगर्दा ७३ लाख रुपैयाँ बजेटबाट सुरु भएको योजना अलपत्र परेको हो ।

लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका २ बामेको राइरा लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीले काम गर्नेभन्दा बढी लापरबाही गर्दा लिफ्ट सिँचाइ योजना अलपत्र परेको हो ।

३८ वर्षदेखि सिँचाइ योजना अलपत्र

सिद्धकुमाख गाउँपालिका–१ स्थित बाझकाँडा सिँचाइ योजना ३८ वर्षदेखि अलपत्र परेको छ । चाक्लिघाट, पटारे र बाझकाँडाका झन्डै ३ सय किसान परिवारको खेतमा सिँचाइ सुविधा पुर्‍याउने गरी २०४१ सालमा सिँचाइ योजनाको काम सुरु गरिएको थियो ।

३२ वर्षदेखि अलपत्र सिँचाइ योजना

कुमाख गाउँपालिका–२ स्थित टोटरेखोला–खारखोला सिँचाइ योजना ३२ वर्षदेखि अलपत्र परेको छ । योजना अलपत्र परेपछि खेतीयोग्य जमिन पाखो बारीमा परिणत भएको छ । योजनाको केही भाग बाढीले बगाएको छ भने केही भाग पुगिएको छ ।

३४ वर्षदेखि अलपत्र सिँचाइ योजना

तीन दशकअघि यहाँ सुरु भएको लुंग्रीमाडी सिँचाइ आयोजना अलपत्र परेको छ । २०४४ सालमा आयोजना सुरु भएको हो ।