जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले सञ्चालन गरेको सिँचाइ योजना अलपत्र परेपछि किसान खेतीयोग्य जमिन बाँझो राख्न बाध्य भएका छन् । सिगास गाउँपालिका–१, स्यापागैर सिँचाइ योजना विगत चार वर्षदेखि अलपत्र परेको छ । सो कार्यालयले निर्माण सुरु गरेको योजना पूरा नहुँदा अधिकांश जमिन बाँझो भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २० लाख रुपियाँमध्ये १३ लाख रुपियाँ खर्च गरेर योजना सुरु गरेको हो । तर २०८१ साल आइसक्दासम्म योजना पूरा हुने/नहुने टुङ्गो लाग्न सकेको छैन । सिँचाइका लागि खरिद गरिएका पाइप जङ्गलमा अलपत्र छन्, केही पाइप आगोले पोलिएका छन् ।
वन क्षेत्रमा प्रक्रिया नपुर्याई निर्माण भइरहेको भन्दै रोकिएको सिँचाइ आयोजनाको काम ८ वर्ष बितिसक्दा पनि पुनः सुरु हुन सकेको छैन । बुद्धभूमि नगरपालिकास्थित चङघाटमा निर्माणाधीन गुडरुङखोला सिँचाइ आयोजनाको काम रोकिएको हो । वन क्षेत्रको जग्गामा कागजी प्रक्रिया नपुर्याई निर्माणको काम थाल्दा वनले नहर निर्माणको काम रोकेपछि ५ करोड ३१ लाख लागतमा निर्माण भइरहेको सिँचाइ आयोजना अलपत्र परेको हो ।
दोलखाको सैलुङ गाउँपालिका–८ मा करिब डेढ दशक अघि करोडौँको लगानीमा निर्माण सुरु भएको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन सकेको छैन ।
बन्गाडकुपिण्डे नगरपालिका–२ बामेस्थित राइरा लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीले काम नगर्दा ७३ लाख रुपैयाँ बजेटबाट सुरु भएको योजना अलपत्र परेको हो ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका २ बामेको राइरा लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीले काम गर्नेभन्दा बढी लापरबाही गर्दा लिफ्ट सिँचाइ योजना अलपत्र परेको हो ।
सिद्धकुमाख गाउँपालिका–१ स्थित बाझकाँडा सिँचाइ योजना ३८ वर्षदेखि अलपत्र परेको छ । चाक्लिघाट, पटारे र बाझकाँडाका झन्डै ३ सय किसान परिवारको खेतमा सिँचाइ सुविधा पुर्याउने गरी २०४१ सालमा सिँचाइ योजनाको काम सुरु गरिएको थियो ।
कुमाख गाउँपालिका–२ स्थित टोटरेखोला–खारखोला सिँचाइ योजना ३२ वर्षदेखि अलपत्र परेको छ । योजना अलपत्र परेपछि खेतीयोग्य जमिन पाखो बारीमा परिणत भएको छ । योजनाको केही भाग बाढीले बगाएको छ भने केही भाग पुगिएको छ ।