चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियय विपरित काम गर्ने ९ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धमा राष्ट्र बैंकको निर्देशन पालना नगरेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियमविपरित सेवा सुविधा दिएको, नियम विपरित प्रिमियम बढाएको, पुँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएको लगायत कसुरमा राष्ट्र बैंकले ती बैंकहरुलाई कारबाही गरेको हो ।