चालु आर्थिक आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । हिमालयन बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक र मेगा बैंक केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको व्यवस्था बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किस