जसपा नेता मञ्जित यादव एमाले प्रवेश

जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) नेकपा कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । शुक्रबार एमालेको नवौँ जिल्ला अधिवेशनमा यादव जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।उनलाई एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले पार्टीमा प्रवेश गराएका हुन् । यादव गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार भई

सम्बन्धित सामग्री

एमाले प्रवेश गरे जसपा नेता रौनियार

५ मंसिर, वीरगञ्ज । जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् । मंगलबार पर्साको पोखरिया नगरपालिका आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पप्पु कन्स्ट्रक्सनका मालिक समेत रहेका रौनियारलाई पार्टी प्रवेश गराएका हुन् …

जसपा नेता महतो एमाले प्रवेश, महोत्तरी-१ मा उम्मेदवार बन्दै

जनता समाजवादी पार्टी(जसपा)का नेता लक्ष्मी महतो एमाले प्रवेश गरेर महोत्तरी-१ बाट उम्मेदवारी दर्ता गराउने भएका छन् । जसपाबाट उम्मेदवार बन्न अन्तिम समय सम्म तयारी गरेका महतो एमाले प्रवेश गरेका हुन् ।

रौटहटका जसपा नेता एमाले प्रवेश

काठमाडौं । रौतहटका जसपा नेता एवं मेयर प्रत्याशी अजय यादव लगायतका नेता-कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । शुक्रवार मध्यराति फतुवाबिजयपुर नगरपालिकाका जसपा नेता एवं मेयर प्रत्याशी यादव लगायतका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माला खादा लगाएर स्वागत गरे ।

जसपाका नेता श्रीपाइली एमाले प्रवेश

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले) मा प्रवेश गरेका छन्।पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई शुक्रबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा खादा लगाई स्वागत गरेका थिए। पार्टी प्रवेशको संयोजन नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज गुलाबजङ्ग शाहले गरेका थिए।अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरू गरेका श्रीपाइलीले करिव तीन दशक राजनीतिमा व्यतित गरिसकेका छन्। उनी सल्यानका स्थायी बासिन्दा हुन् ।श्रीपाइलीले दे

जसपा नेता केवट एमाले प्रवेश

रूपन्देही । जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य बच्चुलाल केवट एमाले प्रवेश गरेका छन् । केवट २०७४ सालको स्थानीय निर्वाचनमा गैडहवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । केवट आज एमाले प्रवेश गरेको एमाले जिल्ला कमिटी सदस्य सन्दीप गुप्ताले बताए । उनलाई एमाले सचिव छविलाल विश्वकर्मा र पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले पार्टीमा स्वागत गरेका थिए […]

जसपा नेता राईसहित नेता–कार्यकर्ता एमाले प्रवेश

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई र सो पार्टीका दशजना केन्द्रीय सदस्यहरू ठूलो संख्यामा प्रदेश र जिल्लास्तरका कार्यकर्तासहित नेकपा एमाले प्रवेश गरेका छन्। जसपाका वरिष्ठ नेता राई नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता हुन्।

जसपा नेता राईसहित नेताहरु एमाले प्रवेश

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी समितिका सदस्य हेमराज राई नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । कम्युनिष्ट आन्दोलनका पुराना नेता राई पूर्वमन्त्री पनि हुनुहुन्छ । उहाँसहित जसपाका केन्द्रीय सदस्यहरु शान्त्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सीना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा र शंकरबहादुर सार्की बुधबार एमालेमा प्रवेश गर्नुभएको हो ।

जसपा नेता यादव एमाले प्रवेश

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सांसद  विजयबहादुर यादव नेकपा एमाले प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए ।

जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । जसपा नेता अशोक राई पक्षका नेता हेमराज राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । जसपा विभाजन भएपछि राई एमाले प्रवेश गर्ने तयारी गरेको एक नेताले बताए । तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले एमाले परित्याग गर्ने बेला राई उनीसँगै एमाले छोडेका थिए ।जसपाबाट बाबुराम भट्टराई अलग भएपछि राई एमाले जान लागेका हुन् । तत्कालीन एमाले नेता कार्यकर्ता राईसँगै पुनः फर्किन लागेको बताएको छ । यसअघि राष्ट्रिय

जसपा नेता मंगल गुप्ता एमाले प्रवेश

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता मंगल गुप्ता नेकपा एमाले प्रवेश गरेका छन्। कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गरेका हुन्। गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेका छन्। ओली सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्ट लिएर सोमबार नै कपिलवस्तु पुगेका थिए।