जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सांसद विजयबहादुर यादव नेकपा एमाले प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए ।