जसपा नेता राईसहित नेता–कार्यकर्ता एमाले प्रवेश

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई र सो पार्टीका दशजना केन्द्रीय सदस्यहरू ठूलो संख्यामा प्रदेश र जिल्लास्तरका कार्यकर्तासहित नेकपा एमाले प्रवेश गरेका छन्। जसपाका वरिष्ठ नेता राई नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता हुन्।

सम्बन्धित सामग्री

जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । जसपा नेता अशोक राई पक्षका नेता हेमराज राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । जसपा विभाजन भएपछि राई एमाले प्रवेश गर्ने तयारी गरेको एक नेताले बताए । तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले एमाले परित्याग गर्ने बेला राई उनीसँगै एमाले छोडेका थिए ।जसपाबाट बाबुराम भट्टराई अलग भएपछि राई एमाले जान लागेका हुन् । तत्कालीन एमाले नेता कार्यकर्ता राईसँगै पुनः फर्किन लागेको बताएको छ । यसअघि राष्ट्रिय

जसपा नेता मंगल गुप्ता एमाले प्रवेश

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता मंगल गुप्ता नेकपा एमाले प्रवेश गरेका छन्। कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गरेका हुन्। गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेका छन्। ओली सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्ट लिएर सोमबार नै कपिलवस्तु पुगेका थिए।