बाँके, (नेस) । बाँकेमा विद्यार्थीलाई मोडर्ना खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह, एसपी श्यामकृष्ण अधिकारी, खोप अधिकृत नरेश श्रेष्ठको उपस्थितिमा नेपालगन्जको धम्बोझी माध्यमिक विद्यालयबाट खोपको शुरुआत गरिएको थियो […]