सिन्धुपाल्चोकका १२–१७ उमेरका विद्यार्थीहरुलाई धमाधम कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन थालिएको छ । विद्यार्थीहरु उत्साहपूर्ण रुपमा खोप लगाउन थालेका छन् ।स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले सिन्धुपाल्चोकका विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत २८ हजार ५२५ जना विद्यार्थीलाई खोप लगाउदै गरेको जानकारी दिनु भयो ।