काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक सङ्घले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए । अनेरास्ववियुले महिनौँदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि […]