सत्तारुढ दल निकटका प्राध्यापक संघ-संघठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए ।महिनौदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि दबाब दिने ती संगठन विश्वविद्यालयक