दोलखाको मतगणनापछि समानुपातिकमा रास्वपा र जनमत पार्टीले गुमाए एक–एक सिट

दोलखाको मत गणनापछि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एक एक सिट गुमाएका छन् । त्यसको फाइदा नेपाली कांग्रेस र नेकपा एमालेलाई भएको छ । ती पार्टीले एक–एक सिट बढाएका छन् । समानुपातिक तर्फको हालसम्मको १ करोड ५ लाख ६० हजार ६७ मतगणना हुँदा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । जसअनुसार एमालेले समानुपातिकमा ३४ सिट पाउने पक्का भएको छ । यस्तै २७ लाख १५ हजार २२५ समानुपातिक मत पाएको कांग्रेसले ३३ सिट पाउने निश्चित भएको छ । यस्तै ११ लाख ७५ हजार ६८४ मत पाउँदा समानुपाति

सम्बन्धित सामग्री

मधेसप्रति न्याय गर्न उद्योग समितिको सभापतिबाट पछि हट्यौँः रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ। सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिइ जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा सांसद गणेश पराजुलीले यस्तो बताएका हुन्। उनले आफ्नो प्रतिस्पर्धा जनमतसँग नभइ सत्ता गठबन्धनका दलहरुसँग भएको बताए। […]

प्रचण्डमाथि संसदीय अंक गणितको दबाब, बज्दै खतराको घण्टी!

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६ महिनाअघि ७ दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बने। नेकपा (एमाले) का ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४…

शक्ति आर्जनका लागि सहकार्य गर्दै नयाँ दलहरू

२१ वैशाख, काठमाडौं । १० वैशाखको उपनिर्वाचन सकिएको हप्ता दिनपछि १९ वैशाखमा जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरे । लामिछाने र राउतबीच भेट भएको तस्वीर राखेर रास्वपाको फेसबुक पेजमा लेखियो, ‘नयाँ शक्तिहरू बीचको सौहार्दताः नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र […]

नजिकिँदै रास्वपा–जनमत कार्यगत एकताको पहल सुरु

गत ४ मंसिरको निर्वाचनबाट नयाँ शक्तिका रूपमा उदाएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच कार्यगत एकताको पहल सुरु भएको छ । प्रतिनिधिसभामा २१ सिट रहेको रास्वपा र ६ सिट...

उपराष्ट्रपति निर्वाचन : रास्वपाका सांसद पुगे भोट हाल्न (तस्विरहरू)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका छन्। पार्टी कार्यालयमा कसलाई मतदान गर्ने भन्ने छलफलपछि मतदानको समय सकिन लाग्दा उनीहरू संसद भवन नयाँबानेश्वर पुगेका हुन्। उनीहरू सामूहिक रुपमै पुगेर मतदान गरेका छन्। रास्वपाले उपराष्ट्रपतिमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ। रास्वपाले जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएका कारणले उनलाई नै मत दिने निर्णय गरेको रास्वपाका एक सांसदले

घेराबन्दीमा प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेसहितका दलहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भए। माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीका नेतालाई सहभागी गराएर दाहालले ११ गते पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरे। तर सरकारको नेतृत्व सम्हालेको दुई महिना बित्न नपाउँदै दाहाल नेतृत्व सरकारबाट रास्वपा अलग भएको छ। नागरिकता मुद्दामा सर्वोच्च […]

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलले समर्थन गर्ने सहमति जुटेको हो । जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ । प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत

रास्वपा, जनमत र नागरिक उन्मुक्तिको उदय सुुनियोजित : शंकर पोखरेल

२७ मंसिर, पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेल आम चुनावबाट उदाएका नयाँ पार्टीहरुमाथि गम्भीर आरोप लगाएका छन् । राष्ट्रिय स्वतन्त्र, जनमत र नागरिक उन्मुक्ति पार्टीको उदयलाई नेपाल विरोधी शक्तिको सुुनियोजित योजनाको संज्ञा दिएका हुन् । पार्टीका नवनिर्वाचित जनप्रतिनिधिका लागि मंगलबार पोखरामा आयोजित बधाई तथा शुुभकामना कार्यक्रममा पोखरेलले राष्ट्रिय पार्टीहरुप्रति जनताको बढ्दो आकर्षणलाई ‘डाइभर्ट’ गर्न […]