काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका छन्। पार्टी कार्यालयमा कसलाई मतदान गर्ने भन्ने छलफलपछि मतदानको समय सकिन लाग्दा उनीहरू संसद भवन नयाँबानेश्वर पुगेका हुन्। उनीहरू सामूहिक रुपमै पुगेर मतदान गरेका छन्। रास्वपाले उपराष्ट्रपतिमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ। रास्वपाले जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएका कारणले उनलाई नै मत दिने निर्णय गरेको रास्वपाका एक सांसदले