काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिट निवेदनमाथि मङ्गलवार (आज) पनि विपक्षी अर्थात् सरकारको तर्फबाट बहस भइरहेको छ । आज नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले बहस गर्नुभएको छ ।
बहसका क्रममा नायब महान्यायाधिवक्ता पाण्डेयले नेपालले बहुदलीय व्यवस्था अङ्गीकार गरेकाले राजनीतिक दलहरूले दलीय व्यवस्था मान्दैनौँ भन्न नमिल्ने दाबी गर्दै दलीय ह्विप लाग्ने जिकिर गर्नुभयो । बहुदलीय व्यवस्थामा दलहरूको ह्विप नै नलाग्ने हो भने दलीय प्रणाली नै सकिने जोखिम रहने र अनुशासनहीनता मौलाउने नायब महान्यायाधिवक्त...