लुम्बिनी र कर्णाली सरकारले प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट चालु आर्थिक वर्षको बजेट ल्याएका छन् । लुम्बिनीको प्रदेशसभामा पेस गरिएको बजेट पारित हुने अवस्था नदेखिएपछि मध्यरातमा हठात् अधिवेशन अन्त्य गरी शुक्रबार बजेट ल्याइएको छ । कर्णालीको प्रदेशसभामा प्रतिपक्ष दलको लगातार अवरोधपछि बिहीबार अध्यादेशबाट बजेट ल्याइएको हो ।