एघार करोडको लागतमा सिँचाइ योजना निर्माण

कपिलवस्तुको बाणगंगा नदीमा ११ करोडको लागतमा बाँध निर्माण सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको वडा नम्बर ५ र ६ को आठ सय हेक्टर भूमिमा सिँचाई हुने गरी प्रगति चार मौजा सिँचाइ योजना निर्माण सम्पन्न भएको हो ।

सम्बन्धित सामग्री

पन्ध्र साना सिँचाइ योजना निर्माण

म्याग्दी, २७ असार । कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन् । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन् । एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब दुई हजार रोपनी क्षेत्रफलमा सिँचाइ […]

घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा

२५ असार, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-१ कुहुँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइको अभावमा वर्षौंदेखि बाँझो रहेको यहाँको फाँट हराभरा भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा रु २५ लाखको लागतमा सिँचाइका लागि पूर्वाधार निर्माण गरेपछि कुहुँमा सिँचाइ सुविधा विस्तार भएको हो । गत पाँच वर्षदेखि उक्त कार्यालयले सिँचाइका […]

उत्पादन बढाउन सिँचाइ योजना निर्माण

सिँचाइ अभावकै कारण कर्णाली प्रदेशमा ८२ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको छ । यूवा पलायन बढ्नु, सिँचाइ सुविधा नहुनु र उत्पादनमैत्री नीति नहुनुले कर्णालीमा खेती योग्य जमिन बाँझिदै गएको हो । कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लामा खेतीयोग्य जमिन मात्रै १२ हजार बढी हेक्टर बाँझो रहेका छन् । जुम्लाका आठै पालिकाका लेकदेखि बेसीको […]

४७ वटा खानेपानी तथा सिँचाइ योजना निर्माण हुँदै

खानेपानी तथा सिँचाइको पहुँचमा नपुगेका जाजरकोटका सातवटा स्थानीय तहमा ४७ वटा नयाँ खानेपानीका योजना निर्माण कार्य भइरहेका छन् । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र संघीय सरकारले विनियोजित रकमबाट उक्त योजना निर्माण हुन लागेका हुन् । ६ वटा सिँचाइ योजना र १७ वटा खानेपानीका योजना निर्माण कार्य जारी रहेको खानेपानी सिँचाइ तथा ऊर्जा […]

डाेटीकाे दिपायलमा वृहत् लिफ्ट सिँचाइ याेजना निर्माण सुरु

डाेटी – डोटीको दिपायलमा पहिलो पटक वृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु भएको छ । दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर १, २ र ३ का लागि बासुधारामा रहेको सेती नदीबाट ६० लाख रुपैयाँ लागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो । योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा 'रिजर्भ' गरिनेछ भने त्यसबाट झन्डै तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगर कार्यपालिकाको भनाइ छ । सिँचाइ सुविधापछि व्...

जिल्लाकै गौरव चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न, २२० परिवार लाभान्वित

चैत २५, अर्घाखाँची । अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।  छत्रदेव गाउँपालिका–ठूलापोखरास्थित उक्त सिँचाइ योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषकलाई राहत मिलेको छ ।   सिँचाइ आयोजनाको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गरे । सिँचाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री रानाले सबै कृषकलाई व्यावसायिकरुपमा कृषि कर्ममा लाग्न आग्रह गरे । उनले सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाको स्थानीयले संरक्षण गर्नुपर्नेमा जोड दिए ।  सिँचाइ योजनाबाट २२० परिवारका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । जरेखोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लम्बाइको सिँचाइ योजना रू. आठ करोड ३९ लाखको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताए ।  विसं २०४३ देखि कुलो निर्माणका लागि स्थानीयले माग गर्दै आएपनि  ३६ वर्षपछि माग पूरा भएको छ । रासस

रसुवामा नमूना सिँचाइ योजना निर्माण

रसुव । रसुवाको कालिका गाउँपालिका अन्तर्गत जिवजिवे क्षेत्रको भदौरेगाउँमा नयाँ प्रविधिमा आधारित नमूना सिँचाइ निर्माण भएको छ । दीर्घकालीन कृषि रणनीतिको मर्म र भावनालाई आत्मसात् गर्दै खानेपानीका धाराबाट खेर जाने पानीसमेत सदुपयोग गर्दै सिँचाइ व्यवस्थापन गरिएको छ । २४० रोपनी पाखो जमीनमा सिँचाइ सुविधा पुर्‍याई कृषि उत्पादनमा आत्मनिर्भर गराउने उद्देश्यले संघीय सरकारको अनुदानमा सबडिभिजन सिँचाइ कार्यालय रसुवामार्फत पाइपद्वारा सिँचाइका संरचना निर्माण गरिएको हो । सौरेनी खोला मुहान गरी निर्माण गरिएको सिँचाइबाट भदौरे गाउँका २४० रोपनी पाखो जमीनमा सिँचाइ सुविधा पुर्‍याइँदै छ । यससँगै कोदो रोप्ने स्थानमा धान रोप्ने तयारी भएको छ । उक्त सिँचाइ योजनाबाट ५२ घरधुरीका २७० स्थानीयवासी लाभान्वित भएका छन् ।       हिउँद तथा वर्षा दुवै समयमा सिँचाइ सुविधाको सहजता ल्याउन ६० हजार लिटरको एक रिजर्भ र गाउँ टोलटोलका खानेपानी धाराबाट खेर गइरहेको पानी संकलनका लागि पाँच/पाँच हजार लिटर क्षमताका ४८ ओटा संकलन ट्यांकी निर्माण गरिएको सबडिभिजन सिँचाइ प्रमुख कृष्णबहादुर पाण्डेले जानकारी दिए । उक्त सिँचाइका लागि एक हजार २०० मिटर मुख्य एवं खेतीयोग्य जमीनमा लैजान शाखा लाइनका पाइप खरिद तथा ट्यांकीसमेतका संरचना निर्माणमा १ करोड हाराहारीमा खर्च भएको उपभोक्ता समितिका अध्यक्ष तारानाथ पौडेलले बताए । वर्षा कमी भएको समयमा कोदोको बोटसमेत सुक्ने भदौरे क्षेत्रका जमीनमा वर्षायाममा धानका बाला झुलाउन र हिउँदयाममा तरकारीबाट आयआर्जन बढाउन सिँचाइ सुविधा सहज हुने भएको छ । पहिला निर्माण भएको सिँचाइ संरचना २०७२ को भूकम्पले क्षति पु¥याएको र वर्तमान अवस्थामा निर्माण भएका सिँचाइ संरचना दिगो एवं आम किसानमाझ लाभदायी हुँदै गएको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले बताए । रासस

रसुवामा नमूना सिँचाइ योजना निर्माण

जिल्लाको कालिका गाउँपालिकाअन्तर्गत जिवजिवे क्षेत्रको भदौरेगाउँका भूभागलाई सिञ्चित पार्न नयाँ प्रविधिमा आधारित नमूना सिँचाइ निर्माण भएको छ ।

रसुवामा ७ करोडको लगानीमा लिफ्टिङ सिँचाइ योजना बन्ने

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–४, पाटीखर्कमा लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने भएको छ । त्यस क्षेत्रमा अहिले तीनवटा सिँचाइ योजना सञ्चालनमा रहे पनि प्रभावकारी नभएका कारण नयाँ सिँचाइ योजना निर्माण गर्न लागिएको हो । तीनवटा सिँचाइको मुहान एउटै भएका कारण हिउँदमा सिँचाइ गर्न समस्या हुँदै आएको छ । एकीकृत ऊर्जा सिँचाइ विशेष कार्यक्रम अन्तर्गत सिँचाइ योजना निर्माण हुन लागेको जलश्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय रसुवाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ का लागि ७ करोड बजेट समेत विनियोजन भइस...

म्याग्दीमा आठवटा सिँचाइ योजना निर्माण

५ भदौ, म्याग्दी । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा आठ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । दुई करोड ७६ लाख ५४ हजारको लागतमा निर्माण भएका योजनाबाट १६८ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । योजनाबाट दुई हजार नो सय घरधुरी लाभान्वित भएका सिँचाइ विकास सवडिभिजन कार्यालयका सवइञ्जिनियर बिमल विश्वकर्माले जानकारी दिनुभयो । …