बिमस्टेकका महासचिव लेकफेलले भेटे प्रधानमन्त्री देउवालाई
नेपालको तीनदिने भ्रमणमा आएका बिमस्टेकका महासचिव तेन्जिङ लेकफेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार महासचिव लेकफेल प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका थिए ।
पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) का पूर्व महासचिव, एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निकाइसँग भेटवार्ता गरेका छ...
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेटर स्वास्थ्य लाभको कामना गरेका छन्। भेटका क्रममा उपराष्ट्रपति पुनले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए।
उपचारमा...
काठमाडौं, २० असोज । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहलाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव चाक्सीबारी पुगेका छन् । विप्लवले सिंहसँगको भेटमा महत्वपूर्ण राजनीतिक कुराकानी गरेको बुझिएको छ । विप्लवले गणेशमान सिंहको नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रकाशमान सिंहबाट पनि त्यही अपेक्षा भएको बताएका थिए । उनले वैज्ञानिक समाजवादमा […]
काठमाडौं, १ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । पछिल्लो समय विप्लवले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र हिजो बिहीबार नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका […]
३१ असार, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ । विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग […]
काठमाडौं। थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले का वरिष्ठ नेता झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलबिच भेट भएको छ। महासचिव पोखरेलले केही दिनदेखि अस्वस्थ रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई आज काठमाडौंको नर्भिक अस्पतालमा भेट गरेका हुन्। उनले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।