काठमाडौं। थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले का वरिष्ठ नेता झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलबिच भेट भएको छ। महासचिव पोखरेलले केही दिनदेखि अस्वस्थ रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई आज काठमाडौंको नर्भिक अस्पतालमा भेट गरेका हुन्। उनले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।