त्रिवेणीका अग्निपीडितलाई राहत वितरण

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा वैशाख १३ देखि १६ गतेसम्म भएको आगलागीबाट पीडित परिवारलाई राहत प्याकेज सामग्री गरिएको छ । अरनिको मावि नुवागाउँमा बिहीवार गाउँपालिका वडा नं. २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितलाई २५ लाख ४० हजार रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान प्रदान गरिएको हो । पीडितहरूलाई घरमा चाहिने विभिन्न उपकरण सहितको सुरक्षित बक्स, टेण्ट, बेड सेट, ब्लाङ्केट, किचेन सामान, तयारी कपडा, विद्यार्थीलाई स्टेशनरी सामग्री र राप्ती समाज युकेले पठाएको नगद प्रतिघर १५ हजार रुपैयाँको दरले वितरण गरिएको हो । राहत गोरखा ग्रूपका अध्यक्ष मानबहादुर बुढा, राप्ती समाज यूकेका सह–कोषाध्यक्ष हरिबहादुर बुढा लगायतको सक्रियतामा संकलन गरिएको थियो । राहत सहयोग गर्ने संस्थाहरूमा रोटरी क्लब अफ महाबौद्ध, रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटान, रोटरी क्लब अफ दरबारमार्ग काठमाडौं, रोटरी क्लब अफ काठमाडौं मेट्रो, रोटरी क्लब अफ ब्रान्चबर्ग अमेरिका र रोटरी क्लब अफ महाबौद्धको माइक्रो क्रेडिट प्रोग्राम रहेका छन् । यस्तै रोटरी क्लब अफ विक्वर्ड ईङ्ल्याण्ड, लुथर वल्र्ड रिलिफ, राप्ती समाज यूके, गोरखा ग्रूप प्रालि र त्यसका ७ ओटा शाखा छन् । राहत वितरण कार्यक्रम त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीको अध्यक्षता तथा राहत संकलन समितिका संयोजक एवम् समाजसेवी मानबहादुर बुढाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । यसैबीच, राहत वितरण कार्यक्रममा आगलागीको निरन्तर रिपोर्टिङ गरी पीडित परिवारको शीघ्र व्यवस्थापन तथा पुनःस्थापनामा योगदान पु¥याएको भन्दै आर्थिक अभियानकर्मी माधवकुमार ओलीलाई प्रशंसापत्रले सम्मान समेत गरिएको थियो ।

सम्बन्धित सामग्री

कागबेनीका बाढीपीडितलाई राहत वितरण

मुस्ताङको कागबेनीमा केही समयअघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ।

बाढीपहिरो प्रभावितलाई राहत वितरण

ताप्लेजुङ, १६ साउन । नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो । गत जेठ ३२ देखि असारको पहिलो सातासम्म अबिरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका घरपरिवारलाई राहत वितरण जारी रहेको छ । […]

आगलागी पीडित गिरीलाई राहत वितरण

जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका - ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो । शनिबार गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी)ले पीडितको घरमै पुगेर राहत

आगलागी पीडितलाई राहत वितरण

जुम्लाको गुठिचौर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो।...

रास्कोट र महावैमा पहिरो पीडितलाई राहत वितरण

कालिकोटको रास्कोट नगरपालिका र महावै गाउँपालिकाले राहत वितरण सुरु गरेको छ।

वन्यजन्तुबाट भएको क्षतिमा एक बढीको राहत वितरण

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा  एक करोड ७८ लाख २३ हजार ८५० राहत वितरण गरेको छ । वन्यजन्तुबाट भएको क्षतिस्वरूप निकुञ्जले राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ५६९ घटना भएका थिए । ती घटनामा परेकाहरुलाई राहत वितरण गरिएको हो । तिवारीका अनुसार वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका ११ जनाको परिवारलाई एक करोड १० लाख वितरण गरिएको छ । प्रतिपरिवार १० लाखका दरले राहत वितरण गरिएको हो । वन्यजन्तुको आक्रमणमा

काभ्रेपलाञ्चोकका अति विपन्न परिवारलाई राहत वितरण

काभ्रेपलाञ्चोक–सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । रु दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिएको हो । यहाँका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिएको बताइएको छ । विशेषगरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका […]

अति विपन्नलाई राहत वितरण

रुकुममा अति विपन्न महिलाहरुलाई खाद्यान्न राहत वितरण गरिएको छ। महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले तरगङ्गीनी फाउन्डेसन र महिला मानव अधिकार रक्षक सन्जाल रुकुमको सहकार्यमा यहाँका हिंसा प्रभावित, द्वन्द्व प्रभावित, एकल महिलाहरुलाई राहत वितरण गरेको हो।...

खिजीदेम्बाका ६० परिवारलाई राहत वितरण

ओखलढुंगा : जिल्लाको खिजिदेम्बा गाउँपालिका-९ का ६० घरधुरीलाई राहत वितरण गरिएको छ। कोरोना महामारीका कारण निषेधाज्ञा हुँदा समस्यामा परेकाहरुका लागि लक्षित गर्दै राहत वितरण गरिएको हो।करिब १ लाख ५३ हजारको लागतमा स्थानीयलाई प्रतिघर ३० केजी चामल, दाल २ केजी, तेल आधा लिटर प्रदान गरिएको छ। स्थानीय समाजसेवी पेमगेली शेर्पाको पहलमा जर्मनी नागरिक (हर्टमुट) को सहयोगमा वडा नम्बर ९ को फाप्रे र वाङडीडाँडा टोलमा राहत वितरण गरिएको स्थानीय ङावाङ ल्हाक्पा शेर्पाले जानकारी दिए।पेमागेलीले यसअघि पनि राहत वितरण गरेका थि

सिन्धुपाल्चोकका बाढी पीडितलाई अनेरास्ववियुद्वारा राहत वितरण

नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठन (अनेरास्ववियू) ले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ ।  शुक्रवार बिहाननै खाद्य सामाग्री लिएर उनीहरु हेलम्बु पुगेका थिए ।अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका–२ मै पुगेर राहत वितरण गरेको हो ।  सो क्रममा खाद्य, स्वास्थ्य सामाग्री तथा लत्ताकपडा वितरण गरिएको पराजुलीले बताए । राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकामा पहिलो राहत अने