काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बाँकी जिन्दगी देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै आफ्नो पार्टीलाई कसैले पनि हराउन नसक्ने पनि दाबी गरे।आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि बताए।अध्यक्ष ओलीले आफूहरूलाई सर्वोच्च अदालतका न्यायाधीशले पछार्न खोजेको