काभ्रेपलाञ्चाेक – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसदबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आज बिहीवार आयोजित नेपाली कांग्रेस काठमाण्डाै जिल्ला कार्यसमितिको ५० औँ बैठकमा उहाँले अरू पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाउनुभयो ।
आम नेपाली जनताको चाहनाअनुसार सबै दलले देश र जनतालाई केन्द्रमा राखेर देश र जनताको हित हुने गरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प...