शहरे खानेपानी आयोजना लथालिङ्ग : स्थानीयलाई खानेपानीको चरम अभाव, हाइड्रोले दिएन पानी

दोलखा– दोलखाको तामाकोशी गाउँपालिका-५ शहरेका स्थानीयलाई खानेपानीको चरम अभाव रहेको पाइएको छ । बृहत् शहरे खानेपानी उपभोक्ता समितिको लापरवाहीका कारण स्थानीयले खानेपानीको चरम समस्या झेल्नुपरेको हो । हिमाल हाइड्रोपावरको सुरुङकाे पानीको लाइन बन्द भएपछि एक सय ७५ घरधुरीले खानेपानी अभाव खेप्नुपरेको स्थानीय भुवन केसीले बताए । २०७२ सालको भूकम्पपछि सुरुङ निर्माणको कारण पानीका मुहान सुकेको […]

सम्बन्धित सामग्री

धारा बन्यो तर पानी आएन

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३० लाख खर्चेर खानेपानी तथा […]

धारा बने पनि पानी आएन

गलकोट (बागलुङ)- बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन व...

धारा बने पनि पानी आएन

गलकोट (बागलुङ)- बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन व...

आर्सेनिक अल्झन

जीवनका निम्ति अपरिहार्य पानीमा विश्वमै सम्पन्न मुलुक भएर पनि व्यवस्थापन गर्न नसक्दा अधिकांश सहरबजारमा बाह्रै महिना खानेपानी अभाव हुने गरेको छ । संविधानले स्वच्छ खानेपानी तथा सरसफाइलाई मौलिक हकमा राखेको छ । यद्यपि अहिलेसम्मको अवस्था हेर्दा स्वच्छता त परको कुरा, पानी मात्रै पाए पनि उपभोक्ता हर्षित हुने अवस्थामा छन् । बर्सौंदेखि खानेपानीको चरम अभाव झेल्दै आउनेमा काठमाडौँ उपत्यका हुँदै हो । उपत्यकावरपरको जलाधारको व्यवस्थापनले उपभोक्ताको बढ्दो चाप र मागलाई धान्न नसकेपछि विकल्पको मेलम्ची खानेपानी आयोजना बर्सौंको प्रयास र अर्बौं रुपियाँको लगानीमा ल्याइए पनि पानी आपूर्तिमा समस्या छ । भएका इनार सुक्दै गएका, ढुङ्गेधारामा पानी आउन छोडेको र सहज व्यवस्थापनसमेत हुन नसकेपछि ठुलै खर्च गरेर ‘डि

बृहत् खानेपानी आयोजना कार्यान्वयनमा ढिलाइ

‘एक घर एक धारा’ अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ । धेरैको घरमा खानेपानी धारा बनेका छन् तर, निर्माण भएका धारामा नियमित रूपमा स्वच्छ पिउने पानी कहिले आउने थाहा छैन । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट, पिप्ले भगवतीमा खानेपानीको चरम अभाव छ । संघ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित खानेपानी आयोजना कतै अलपत्र छन् भने […]

बागलुङ नगरका माझी बस्ती : धारो छ, पानी छैन

बागलुङ : घरै अगाडि पहेँलो रंगका धाराहरू छन्। बागलुङ नगरपालिका- १ माझी बस्तीका स्थानीय खानेपानीको समस्याले सताई रहेको छ। खानेपानीको चरम अभावलाई टार्न खानेपानी आयोजना निर्माण भयो तर धारा बनेको एक वर्षसम्म पनि खानी आउँदैन। माझी बस्तीका स्थानीयहरूले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर उपभोग गर्दै आएका छन्।खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले तीन वर्ष अघि शुरु गरेको माझीबस्ती लिफ्ट खानेपानी योजनाको पूर्वाधार निर्माण सम्पन्न भए पनि पानी आउन नसक्दा घरमा रित्तो

खानेपानी आयोजना सकियो पानी भने आएन

बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजनाको पूर्वाधार निर्माण सम्पन्न भएको थियो । ती समुदाय अहिले पानी घरमा रित्तो धारो …

ट्यांकरले विस्थापित गरेको शताब्दी पुरानो खानेपानी आयोजना, मेलम्चीले ब्युँताउला ?

चैत २०, काठमाडौं। करीब ३ दशक लामो प्रतिक्षापछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना गतवर्ष मात्रै काठमाडौं आयो । तर यस बीचमा काठमाडौंबासीको तिर्खा मेट्ने काम भने ट्यांकर व्यवसायीले धेरै गरे । तर, तिनै ट्यांकरमा पानी भर्न थालेपछि उपत्यकाका कयौं पुराना खानेपानी आयोजना लोप भएका छन् ।  विक्रम सम्वत १९९० को दशकमा निर्माण भएको पुरानो खानेपानी योजना 'खुवाङराङ रविभवन' योजना पनि ट्यांकरकै कारण लोप भएको एउटा आयोजना हो । अवशेष मात्रै बाँकी रहेको यो योजना तत्कालिन राणा प्राधानमन्त्री जुद्ध शमशेर राणाको ठाडो आदेशमा निर्माण भएको थियो । आयोजना मातातिर्थदेखि रविशमशेर राणाको दरवारमा खानेपानी ल्याउन मातातिर्थदेखि रविभवनसम्म निर्माण गरिएको थियो ।  यसरी बनेको थियो योजना तत्कालिन समयमा कीर्तिपुरमा खानेपानीको चरमा अभाव रहेको थियो । स्थानियले खानेपानीको चरम अभाव भएको कुरा प्रधानमन्त्रीसँग विन्ती बिसाउने उचित समय खोजिरहेका थिए ।  तत्कालिन राणा शासकहरू उपत्यका बाहिर जाँदा/आउँदा चित्लाङ हुँदै काठमाडौं फर्कने गर्थे । सोहि समयमा स्थानियले मौका छोपेर प्रधानमन्त्री जुद्ध शमशेरको बाटो छेके ।  यसरी बाटो छेकिएपछि बाटो छेक्नुको कारण के हो भनि जुद्ध शमशेरले सोधेछन् । तत्कालै स्थानीयले पानी अभाव भएको कुरा बिन्ती बिसाए । राणा प्रधानमन्त्रीबाट कीर्तिपुरदेखि रविशमशेर राणाको दरवार सम्म तुरुन्त पानीको व्यवस्था गर्नु भन्ने हुकुम भएपछि यो आयोजना बनेको स्थानीय राममणी दाहालले बताए। यसरी बन्द भयो  दाहालका अनुसार मातातिर्थबाट चार ईन्चको फलामे पाइपबाट पानी ल्याईएको थियो । त्यतिबेला हरेक दिन २४ घण्टा पानी आउने गरेको उनको स्मरणमा छ । ट्याँकरमा खानेपानी बोक्न थालेपछि मुहान आसपासका स्थानीयले आफ्ना जग्गा वरपरका मुहानको पानि आफैले विक्री गर्न थाले । जसको कारण मुहानमा पानीको बहाव पनि कमहुँदा पानी सुचारु गर्न नसकि यो योजना बन्द भएको दाहालले बताए । यो आयोजना यहि एउटा मात्र कारणले रोकिएको भने होईन । २०६३ सालसम्म पनि निरन्तर पानी आईरहेको यो आयोजना त्यसपछी भने ममर्त नै गर्न नसकिने गरी बिग्रिएको हो । ‘०६२/ ६३ तिर कीर्तिपुरका एक स्थानीय जलस्रोत मन्त्रालयमा सचिव थिए । उनी रहुन्जेल पानी निरन्तर चल्यो, उनको अवकासपछि भने पूर्णरुपमा बन्द भएको हो’ उनले आर्थिक अभियानसंग भने ।  मातातिर्थ आसपास र तल्लो एरियामा बस्ती बढ्दै जाँदा पाइपलाईन उखेल्दै गएपछि सञ्चालन नै गर्न नसक्ने गरी बिग्रएर बन्द भएको उनले बताए । ‘पछिल्लो समय मुहान आसपासमा बस्ती बढ्दै गयो, यता बिग्रिएको पाइपलाईनलाई मर्मत र संरक्षणमा खासै चासो दिईएन,’ उनले भने । हाल प्लटिङ भइरहेका तथा ईट्टा भट्टा सञ्चालन भएका स्थानमा पुरानो पाइपलाईनको अवषेश स्पष्ट संग देख्न सकिन्छ ।     पुनसंचालन गर्नै मुस्किल यो आयोजना बन्द भएपछि स्थानीयले करीब एक दशक कष्टकर जीवन बिताएको दाहालले प्रत्यक्ष भोगेका छन्। स्थानीय सरकार आएपछि वैकल्पिक व्यवस्था भएको छ । हाल यो ठाउँमा डीप बोरिङ गरिएको छ भने दुधपोखरीबाट पनि नयाँ पाइपलाईनमार्फत पानी ल्याईएको छ । त्यस्तै मेलम्चीको पाइपलाईन समेत पुगेको छ ।  यदि मेलम्चीको पानी निरन्तर काठमाडौं आएमा ट्याकंर व्यवसायीले विकल्प खोज्नुपर्ने हुनसक्छ । ट्याकंर व्यवसाय बन्द भएको खण्डमा मुहानको पानी पुन पुरानै अवस्थामा फर्कन सक्ने देखिन्छ । तर सो पानीलाई कीर्तिपुर ल्याउन नयाँ आयोजना बनाउनु पर्ने अवस्था छ । ऐतिहासिक योजनाको संरक्षण नगरी पाइपलाईन उखेलेरै घर बनिसकेकाले नयाँ लाईन बिस्तर गर्न समेत नसकिने अवस्था बनेको दाहाल बताउँछन् ।

आयोजनामा सम्पन्न भएको अढाइ महिना बित्दा पनि आएन धारामा खानेपानी

भबिन कार्की संखुवासभा : जिल्लाको बृहत् खानेपानी आयोजना सम्पन्न भए सदरमुकाम खाँदबारीवासीले खोनेपानीको चरम अभाव व्यहोर्दै आएका छन्। ठेकेदार कम्पनीले निर्माण कार्य सम्पन्न गरी आयोजना जिम्मा लगाए पनि सदरमुकाम खाँदबारी, मानेभञ्याङका बजार क्षेत्रमा खानेपानीको चरम अभाव छ। अन्तिम पटक थपिएको म्यादअनुसार ठेकेदार कम्पनीले ०७४...