बृहत् खानेपानी आयोजना कार्यान्वयनमा ढिलाइ

‘एक घर एक धारा’ अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ । धेरैको घरमा खानेपानी धारा बनेका छन् तर, निर्माण भएका धारामा नियमित रूपमा स्वच्छ पिउने पानी कहिले आउने थाहा छैन । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट, पिप्ले भगवतीमा खानेपानीको चरम अभाव छ । संघ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित खानेपानी आयोजना कतै अलपत्र छन् भने […]

सम्बन्धित सामग्री

पाँचखाल बृहत् खानेपानी आयोजना अधुरै

काभ्रेपलाञ्चोक, ६ मङ्सिर । सात हजार व्यक्तिलाई खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको समयमा पनि सम्पन्न हुन सकेको छैन । समयमै निर्माण सम्पन्न हुने अवस्था छैन । निर्माण व्यवसायी कम्पनीले तीन वर्षदेखि काममा आलटाल गरेका कारण आयोजना अधुरै छ । आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको […]

चन्द्रागिरिमा रु एक अर्ब बढी लागतको बृहत् खानेपानी आयोजना स्वीकृत

काठमाडौँ,११ मँसिर । चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना’ कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी–१२ र १४ वडाबाट सुरुआत हुने र ११, १३ र १५ मा पनि सञ्चालन हुने जनाइएको छ । साथै निकट भविष्यमा नगरका बाँकी सबै वडामा आयोजना सञ्चालन […]

चन्द्रागिरिमा एक अर्ब बढी लागतको बृहत् खानेपानी आयोजना स्वीकृत

चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना’ कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी–१२ र १४ वडाबाट सुरुआत हुने र ११, १३ र १५ मा पनि सञ्चालन हुने जनाइएको छ । साथै निकट भविष्यमा नगरका बाँकी सबै वडामा आयोजना सञ्चालन हुने बताइएको छ ।एसियाली विकास बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्था विभागले चन्द्रागिरिका ती वडामा पहिलोपटक

पाँचखाल बृहत् खानेपानी आयोजना समयमै सक्न मुस्किल

पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आयोजनाको निर्माणको काम तीव्ररुपमा अघि बढेको बताइए पनि सामग्री अभावका कारण समयमै आयोजना सम्पन्न नहुने भएको हो । निर्माण कम्पनीले खानेपानी वितरणका लागि पोलेथिन पाइप अभावको कारण देखाउँदै आएका कारण निर्धारित समयमा आयोजना सम्पन्न नहुने देखिएको छ । केही स्थानमा पाइप …

धौलिगाड खानेपानी आयोजना शिलान्यास

जुम्ला-निर्माण कार्य सुरु भएको झण्डै १२ वर्षपछि कर्णाली प्रदेश तथा हिमाली जिल्लाकै सबैभन्दा ठूलो धौलिगाड बृहत्त खानेपानी आयोजना शिलान्यास भएको छ । बृहत् धौलिगाड खानेपानी आयोजनाको शनिबार संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गरेका हुन् । बजेट अभावले अलपत्र रहेको बृहत् खानेपानी आयोजना १२ वर्षपछि बल्ल निर्माण हुने पक्का भएको छ ।२०६६ सालबाट निर्माण सुरु भएको […]

धौलीगाड बृहत् खानेपानी आयोजना सरकारको प्राथमिकतामा : मन्त्री चौधरी

खलङ्गा । खानेपानी मन्त्री उमाकान्त चौधरीले जुम्लास्थित बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण अब सरकारको प्राथमिकता परेको बताएका छन् सो आयोजना शिलान्यासका लागि यहाँ आएका मन्त्री चौधरीले भने, ‘निर्माण प्रक्रिया अघि बढेको छ । समयमै खानेपानी निर्माण हुनेमा विश्वास लिएको छु ।’ धौलीगाड खानेपानी आयोजना एक अर्ब २६ करोड लागतमा निर्माण हुने खानेपानी तथा ढल व्यवस्थापन […]

‘धौलिगाड खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ हो’

जुम्ला– खानेपानी मन्त्री उमाकान्त चौधरीले धौलिगाड बृहत् खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ भएको बताएका छन्। जुम्लामा शनिबार धौलिगाड बृहत् खानेपानी आयोजनाको शिलान्यस गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौँ उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन्। उनले भने, ‘काठमाडौँको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ। धौलिगाड बृहत् खानेपानी आयोजनामा साढे दुई वर्षमै सकिन्छ।’ बृहत् […]

दुई खानेपानी आयोजना सञ्चालनको तयारीमा

म्याग्दी-संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा दुईवटा बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी गरेको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर २ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी नगरपालिका– ५, ६, ९, १० नम्बर वडाका विभिन्न बस्ती, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नम्बर ५ झिँलाई […]

दुई बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी

म्याग्दी । म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो । रघुगंगा–२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी–५, ६, ९, १० का विभिन्न बस्ती, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो । दुवै आयोजनाको डिजाइनको काम सकिएको र विभागबाट स्वीकृत गराएर ठेक्का प्रक्रियामा लैजाने तयारी गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर प्रदीप रेग्मीले जानकारी दिए । दुवै आयोजनालाई ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।      दुवै योजनाको सर्वेको काम सकेर लागत लागत अनुमान तयार गरी विभागमा पठाइएको र स्वीकृत भएर आएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने कार्यालय प्रमुख कुलप्रसाद पौडेलले बताए । उनका अनुसार उक्त आयोजनामा कुल लागतमध्ये ९० प्रतिशत संघीय सरकारले र उपभोक्ताले १० प्रतिशत रकम लगानी बराबरको जनश्रमदान गर्नुपर्नेछ ।  रासस

बजेट अभावले खानेपानी आयोजना अलपत्र

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत् खानेपानी आयोजना चार वर्षदेखि बजेट अभावले अलपत्र परेको छ ।रानीपौवामा चार वषअघि एक घर एक धारा कार्यक्रमअनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीले सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा नपुगेसम्म घर पानी नआउने रानीपौवाका बासिन्दा वीरबहादुर विकले बताए […]