ट्यांकरले विस्थापित गरेको शताब्दी पुरानो खानेपानी आयोजना, मेलम्चीले ब्युँताउला ?

चैत २०, काठमाडौं। करीब ३ दशक लामो प्रतिक्षापछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना गतवर्ष मात्रै काठमाडौं आयो । तर यस बीचमा काठमाडौंबासीको तिर्खा मेट्ने काम भने ट्यांकर व्यवसायीले धेरै गरे । तर, तिनै ट्यांकरमा पानी भर्न थालेपछि उपत्यकाका कयौं पुराना खानेपानी आयोजना लोप भएका छन् ।  विक्रम सम्वत १९९० को दशकमा निर्माण भएको पुरानो खानेपानी योजना 'खुवाङराङ रविभवन' योजना पनि ट्यांकरकै कारण लोप भएको एउटा आयोजना हो । अवशेष मात्रै बाँकी रहेको यो योजना तत्कालिन राणा प्राधानमन्त्री जुद्ध शमशेर राणाको ठाडो आदेशमा निर्माण भएको थियो । आयोजना मातातिर्थदेखि रविशमशेर राणाको दरवारमा खानेपानी ल्याउन मातातिर्थदेखि रविभवनसम्म निर्माण गरिएको थियो ।  यसरी बनेको थियो योजना तत्कालिन समयमा कीर्तिपुरमा खानेपानीको चरमा अभाव रहेको थियो । स्थानियले खानेपानीको चरम अभाव भएको कुरा प्रधानमन्त्रीसँग विन्ती बिसाउने उचित समय खोजिरहेका थिए ।  तत्कालिन राणा शासकहरू उपत्यका बाहिर जाँदा/आउँदा चित्लाङ हुँदै काठमाडौं फर्कने गर्थे । सोहि समयमा स्थानियले मौका छोपेर प्रधानमन्त्री जुद्ध शमशेरको बाटो छेके ।  यसरी बाटो छेकिएपछि बाटो छेक्नुको कारण के हो भनि जुद्ध शमशेरले सोधेछन् । तत्कालै स्थानीयले पानी अभाव भएको कुरा बिन्ती बिसाए । राणा प्रधानमन्त्रीबाट कीर्तिपुरदेखि रविशमशेर राणाको दरवार सम्म तुरुन्त पानीको व्यवस्था गर्नु भन्ने हुकुम भएपछि यो आयोजना बनेको स्थानीय राममणी दाहालले बताए। यसरी बन्द भयो  दाहालका अनुसार मातातिर्थबाट चार ईन्चको फलामे पाइपबाट पानी ल्याईएको थियो । त्यतिबेला हरेक दिन २४ घण्टा पानी आउने गरेको उनको स्मरणमा छ । ट्याँकरमा खानेपानी बोक्न थालेपछि मुहान आसपासका स्थानीयले आफ्ना जग्गा वरपरका मुहानको पानि आफैले विक्री गर्न थाले । जसको कारण मुहानमा पानीको बहाव पनि कमहुँदा पानी सुचारु गर्न नसकि यो योजना बन्द भएको दाहालले बताए । यो आयोजना यहि एउटा मात्र कारणले रोकिएको भने होईन । २०६३ सालसम्म पनि निरन्तर पानी आईरहेको यो आयोजना त्यसपछी भने ममर्त नै गर्न नसकिने गरी बिग्रिएको हो । ‘०६२/ ६३ तिर कीर्तिपुरका एक स्थानीय जलस्रोत मन्त्रालयमा सचिव थिए । उनी रहुन्जेल पानी निरन्तर चल्यो, उनको अवकासपछि भने पूर्णरुपमा बन्द भएको हो’ उनले आर्थिक अभियानसंग भने ।  मातातिर्थ आसपास र तल्लो एरियामा बस्ती बढ्दै जाँदा पाइपलाईन उखेल्दै गएपछि सञ्चालन नै गर्न नसक्ने गरी बिग्रएर बन्द भएको उनले बताए । ‘पछिल्लो समय मुहान आसपासमा बस्ती बढ्दै गयो, यता बिग्रिएको पाइपलाईनलाई मर्मत र संरक्षणमा खासै चासो दिईएन,’ उनले भने । हाल प्लटिङ भइरहेका तथा ईट्टा भट्टा सञ्चालन भएका स्थानमा पुरानो पाइपलाईनको अवषेश स्पष्ट संग देख्न सकिन्छ ।     पुनसंचालन गर्नै मुस्किल यो आयोजना बन्द भएपछि स्थानीयले करीब एक दशक कष्टकर जीवन बिताएको दाहालले प्रत्यक्ष भोगेका छन्। स्थानीय सरकार आएपछि वैकल्पिक व्यवस्था भएको छ । हाल यो ठाउँमा डीप बोरिङ गरिएको छ भने दुधपोखरीबाट पनि नयाँ पाइपलाईनमार्फत पानी ल्याईएको छ । त्यस्तै मेलम्चीको पाइपलाईन समेत पुगेको छ ।  यदि मेलम्चीको पानी निरन्तर काठमाडौं आएमा ट्याकंर व्यवसायीले विकल्प खोज्नुपर्ने हुनसक्छ । ट्याकंर व्यवसाय बन्द भएको खण्डमा मुहानको पानी पुन पुरानै अवस्थामा फर्कन सक्ने देखिन्छ । तर सो पानीलाई कीर्तिपुर ल्याउन नयाँ आयोजना बनाउनु पर्ने अवस्था छ । ऐतिहासिक योजनाको संरक्षण नगरी पाइपलाईन उखेलेरै घर बनिसकेकाले नयाँ लाईन बिस्तर गर्न समेत नसकिने अवस्था बनेको दाहाल बताउँछन् ।      

सम्बन्धित सामग्री

काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा, १५ चैत । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा ४३ लाख ९४ हजारको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएका काहुलेका स्थानीयवासीका लागि स्वच्छ खानेपानीको सुविधा पु¥याउने उद्देश्यले खानेपानी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए । “आयोजना निर्माण गर्न गाउँपालिकाकोतर्र्फबाट १८ लाख ९४ […]

खानेपानी आयोजना अलपत्र

गोरखा, २४ वैशाख । गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन । ठेकेदार कम्पनी मृत […]

धौलिगाड खानेपानी आयोजना शिलान्यास

जुम्ला-निर्माण कार्य सुरु भएको झण्डै १२ वर्षपछि कर्णाली प्रदेश तथा हिमाली जिल्लाकै सबैभन्दा ठूलो धौलिगाड बृहत्त खानेपानी आयोजना शिलान्यास भएको छ । बृहत् धौलिगाड खानेपानी आयोजनाको शनिबार संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गरेका हुन् । बजेट अभावले अलपत्र रहेको बृहत् खानेपानी आयोजना १२ वर्षपछि बल्ल निर्माण हुने पक्का भएको छ ।२०६६ सालबाट निर्माण सुरु भएको […]

दुई खानेपानी आयोजना सञ्चालनको तयारीमा

म्याग्दी-संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा दुईवटा बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी गरेको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर २ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी नगरपालिका– ५, ६, ९, १० नम्बर वडाका विभिन्न बस्ती, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नम्बर ५ झिँलाई […]

बजेट अभावले खानेपानी आयोजना अलपत्र

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत् खानेपानी आयोजना चार वर्षदेखि बजेट अभावले अलपत्र परेको छ ।रानीपौवामा चार वषअघि एक घर एक धारा कार्यक्रमअनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीले सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा नपुगेसम्म घर पानी नआउने रानीपौवाका बासिन्दा वीरबहादुर विकले बताए […]

खानेपानी आयोजना बिग्रिएपछि काकाकुल खोडपे बजार

खानेपानी आयोजना बिग्रिएपछि पाटन नगरपालिका–८ खोडपे बजार तीन दिनदेखि काकाकुल बनेको छ।

हरिहरपुरगढीमा तीन ठूला खानेपानी आयोजना बन्दै

सिन्धुली : सिन्धुलीको हहिरपुरगढी गाउँपालिकामा यो वर्ष तीन ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन्।गाउँपालिकाले विभिन्न वडाका गाउँमा वर्षौंदेखि रहँदै आएको खानेपानीको अभाव हटाउन चालु आर्थिक वर्ष तीन ठूला खानेपानी आयोजना निर्माण गर्न थालेको हो।तीन ठूला आयोजनामध्ये एउटा खानेपानी आयोजना भने निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको छ। हरिहरपुरगढी गाउँपालिका २ को सिरपुर–झनझने–रतनपुर खानेपानी आयोजना निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको गाउँपालिकाले जनाएको छ।सिरपुर–झनझने–रतनपुर खान

बागलुङको काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र

गलकोट । बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा बागलुङ नगरपालिकामा खानेपानीको हाहाकार छ । दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको यो आयोजना तीन वर्ष बित्दासमेत आधा मात्रै काम सकिएको […]

रामेछापको खनियापानीमा खानेपानी आयोजना अलपत्र

२९ जेठ, रामेछाप । रामेछापको सुनापती गाउँपालिका–५ को खनियापानीमा रहेको खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानीय श्रमदानबाट शुरु गरिएको आयोजना चार वर्षदेखि […]

खानेपानी आयोजना हस्तान्तरण

कोरोनाको महामारी जारी रहेका बेला धादिङमा दुई वटा खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ । गजुरी गाउँपालिकामा निर्माण सम्पन्न भएका खानेपानी आयोजना उपभोक्तालाई हस्तन्तरण गरिएको हो ।कार्यपालिकाले एक घर एक धारा बनाउने अभियानअनुसार नै कोरोनकै बीच आयोजना हस्तान्तरण गर्न सफल भएको गाँउपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए । यी दुई आयोजनासहित गजुरी गाउँपालिकामा ३ हजार ८ […]