सबै प्रदेशमा समान प्रकारको सवारीसाधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरू सहमत भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरूको बैठकले सो सहमति गरेको हो ।२० बुँदे पोखरा घोषणापत्र जारी गर्दै बैठकले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउने गरी सबै प्रदेशमा एकै खालको सवारी कर, दस्तुर र जरिवानाको […]