सवारी कर नउठाउन हेटौंडा उपमहानगरलाई अदालतको आदेश

हेटौंडा : सुविधा सन्तुलनको दृष्टिकोणले अनुपयुक्त भएको भन्दै उच्च अदालत पाटन हेटौंडा इजलासले हेटौंडा उपमहानगरपालिकालाई सवारी कर नउठाउन आदेश दिएको छ।अदालतले राजमार्गबाट सवारी जान रोक लगाई बाइपासबाट सवारी कर नउठाउन आदेश दिएको हो। इजलासका न्यायाधीश नागेन्द्रलाल कर्ण र न्यायाधीश निर्मला शाक्यको संयुक्त इजलासले सुविधा सन्तुलनको दृष्टिकोणबाट सवारी कर नउठाउन उत्प्रेषण, निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ। ‘दस्तुर उठाउने प्रयोजनका लागि वैकल्पिक मार्गबाट सवारीसाधनलाई जान बाध्य गराउने कार्य नगर्नु/न