माेरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएकाे छ ।
आज बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको आयु मङ्सिर ४ सम्म रहेको जिकिर गर्नुभयाे । चुनावपछि गठबन्धनको काम सकिने भन्दै उहाँले भन्नुभयाे, ‘ गठबन्धन खरानीको डल्लो हो, मङ्सिर ४ पछि फुट्छ । चुनावपछि एमाले नेतृत्वको सरकार बन्छ अनि गठबन्धनको के काम ?’
अध्यक्ष ओलीले नेपालमा एउटै राजनीतिक दलको बहुमत नपुग्दा देशमा जहिल्यै अस्थिरता हुने गरेको बता...