२०७४ सालमा तत्कालीन राजपाले प्रदेश १, ५ र ७ मा भएको स्थानीय निर्वाचनमा भाग नलिने घोषणा गरेको थियो । त्यही राजपाको नेता मध्येका एक थिए हृदयेश त्रिपाठी । पार्टीले स्थानीय तहमा भाग नलिने निर्णय उनलाई कत्ति मन परेको थिएन । त्यसैले, स्थानीय निर्वाचन ‘मिस’ भएको झोँकमा उनले पार्टी परित्याग गरे । प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा त्रिपाठीले स्वतन्त्र समूह बनाएर तत्कालीन एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा सहभागी मात्र भएनन्, सांसद जितेर पटक पटक मन्त्री समेत भए ।अहिले त्र