साउन १२, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बुधवार साउन १३ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ ।
कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री गर्न लागेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३४५ तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक आवेदकले लिलामी शेयरमा आगामी साउन १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतमको लागि कुनै हद नलाग्ने पनि कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।