सामाजिक सुरक्षा कोषले निजी क्षेत्रका विभिन्न संघ संस्थालाई असार मसान्तभित्र कोषको योजनामा आवद्ध हुन पत्राचार गरिरहेको छ । तर, यसमा विशेष गरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गर्दै आएका छन् । आकर्षक सुविधाबाट सरकारले बञ्चित गराएर सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न खोजेको उनीहरुको आरोप छ ।सरकारले भने कर्मचारीहरुले खाईपाई आएको कुनै पनि सेवा सुविधा कटौती नहुने भनेर विज्ञप्ति नै निकालिसकेको छ । सरकार र कर्मचारीबाट सामाजिक सुरक्षा कोषबारे आ–आफ्नै तर्कहरु अगाडि सारिएका छन् ।यस