मोरङ – प्रदेश १ सरकारले चार जिल्लालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रद्वारा धनकुटामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ बजेटमा राखिएको बताएका छन्। बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले जनताको स्वास्थ्यजति संवेदनशील र सरकारका लागि महत्वपूर्ण अन्य कुरा नरहेको बताए। […]