सुशान्त सिंह राजपूतको मृत्युपछि ड्रग्स केसको पाटोबाट अनुसन्धान गरिरहेको एनसीबीले नायिका रिया चक्रवर्तीको अकाउन्ट फ्रिज गरिदिएको थियो । विशेष अदालतले बुधबार उनको अकाउन्ट डिफ्रिज गर्न आदेश दिएको छ । अदालतले नारकोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स अर्थात् एनडीपीएसको धाराअन्तर्गत रियालाई आफ्नो बैंक खाता प्रयोग गर्न अनुमति दिएको छ । अदालतले उनको म्याकबुक प्रो र आइफोनजस्ता ग्याजेट पनि फिर्ता गर्न निर्देशन दिएको छ ।रियाले आफ्नो निवेदनमा आफू व्यवसायिक रुपमा नायिका र मोडल भएको र एनसीबीले कुनै क