प्रगति शिक्षा सदन माविले दियो शिक्षकहरूलाई ल्यापटप

काठमाडौं। ललितपुरको कुपण्डोलस्थित प्रगति शिक्षा सदन माविले शिक्षकहरूलाई निःशुल्क ल्यापटप उपलब्ध गराएको छ। विद्यालयले एक शिक्षक एक ल्यापटप कार्यक्रम सुरु गर्दै पहिलो चरणमा नेपाल युवा संगठनको सहयोगमा २० जना शिक्षकहरूलाई ल्यापटप वितरण गरेको प्रअ सूर्यप्रसाद घिमिरेले जानकारी दिए। शनिवार एक कार्यक्रम आयोजना गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरबाबु महर्जनको हातबाट शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको हो।