काठमाडौँ – राजधानीको नयाँ बजारस्थित एउटा कपडा पसलमा आगलागी भएको छ। महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका अनुसार शुक्रबार दिउँसो जनम हमालको सिरक गोदाममा आगलागी लागेको हो। आगलागी नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख दुर्गा दाहालले जानकारी दिए। ५–६ वटा दमकलबाट आगो नियन्त्रणमा आएको हो। आगलागीबाट भएको क्षतिबारे जानकारी आइनसकेको डीएसपी दाहालले जानकारी दिए।