पिसाब जाँच एक सर्वसुलभ परीक्षण हो । कुनै ठूलो खर्चविना गर्न सकिने यो परीक्षणको महत्त्व आम सर्वसाधारण र स्वास्थ्यकर्मीमा हुन अत्यन्त जरुरी छ । मानव शरीरमा मूत्र प्रणालीबाट निस्किने पिसाबको दैनिक मात्रा सदरदरमा ६ सय मिलि भन्दा बढी हुने गर्दछ । दैनिक खानपान, शारीरिक गतिविधिअनुसार पिसाबको मात्रा फरक हुन सक्दछ । तसर्थ सामान्य खानपानमा पनि पिसाबको मात्रा दैनिक ४ सय मिलिभन्दा कम वा २ हजार मिलिभन्दा धेरै भएमा चिकित्सकको सम्पर्कमा रहनु पर्दछ । दीर्घरोगीहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुका रोगीहरू,