बागी उम्मेदवारी दलहरुको टाउको दुखाइ

गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ । गठबन्धन र तालमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन् । महिला सङ्घ बागलुङकी सचिव उषा पौडेलले गठबन्धनका कारण आफूलाई टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर जैमिनीको उपप्रमुखमा …

सम्बन्धित सामग्री

देउवाको निर्देशनमा बागी उम्मेदवारलाई फकाउन बालकृष्ण खाण भरतपुर जाँदै (भिडिओ)

काठमाडौं । भरतपुरमा गठवन्धनका साझा उम्मेदवारविरुद्ध नेपाली कांग्रेसका पूर्वसंसदले बागी उम्मेदवारी दिएपछि केन्द्रमा टाउको दुखाइ भएको छ । माओवादी केन्द्रकी उम्मेवदार प्रचण्डपुत्री रेणु दाहालविरुद्ध नेपाली कांग्रेसबाट जगन्नाथ खतिवडाले मनोनयन दर्ता गराएका छन् । आज बसेको गठवन्धनका शीर्ष नेताहरूको वैठकले देशभरबाट बागी उम्मेदवारी फिर्ता गराउने निर्णय लिएको थियो । यसैलाई कार्यान्वयन गराउने क्रममा नेपाली कांग्रेसका नेता […]

भरतपुरमा बागी उम्मेदवारी : एमालेलाई राहत, माओवादीलाई टाउको दुखाइ

हेटौँडा : चितवन नेपालको राजनीतिको ध्यान तानिरहेको जिल्ला हो।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला रहेको चितवन पछिल्लो समय नेपाली राजनीतिको चर्चाकाे केन्द्रीय थलो बनेको छ।२०७४ सालको निर्वाचनमा निकै चर्चा बटुलेको चितवनलाई नेकपा एमालेले पनि महाधिवेशन गर्दै राजनीतिक रुपमा थप चितवनतिर ध्यान आकर्षण गरिदियो।आसन्न स्थानीय तहको निर्वाचनमा पनि चितवनले सबैको ध्यान तान्ने भएको छ। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा उठ्दा देशैभरि