नेपालगन्ज । नेकपा (एमाले) बाँकेले बागी उम्मेदवारी दिएको भन्दै विभिन्न तहका नौ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टीले उम्मेदवार बनाएका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य बैजनाथ–१ का विजय चन्द, खजुरा–३ का विकास काउचा मगर, राप्तीसोनारी–१ का पदम ओली, पूर्व जिल्ला कमिटी सदस्य नेपालगन्ज महानगरपालिका–१० का खुमानन्द काफ्ले, […]