सत्ता गठबन्धन दलहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन समन्वय समिति गठन गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टीसहित सत्ता गठबन्धनमा रहेका दलहरुले प्रदेशमा हुने निर्वाचनको परिचालन र समन्वयका लागि समिति गठन गरेका हुन् ।