गुल्मीको पुर्तिघाटमा राजमोको जुलुस प्रदर्शन, अध्यक्ष केसीले सम्बोधन गर्नुहुने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाटमा राष्ट्रिय जनमोर्चाले शुक्रबार जुलुश प्रदर्शन गरेको छ । ‘संसद पुनर्स्थापनाको स्वागत गरौं, राष्ट्रियता, गणतन्त्र, धर्मनिरिपक्षताको रक्षा गरौं, महंगी ,भ्रष्टाचार र कर वृद्धिको विरोध गरौं, संघीयताको खारेज गरौं’ भन्ने मूल नाराका साथ आमसभा सुरु हुनुअघि जुलुश प्रदर्शन गरिएको हो । ‘अहिले हामी जुलुश प्रदर्शन गरिरहेका छौं । केहीबेरमा कार्यक्रमस्थलमा पुग्दैछौं’ राजमो केन्द्रीय सदस्य तारा थापा क्षेत्रीले कार्यक्रमस्थलबाट युगदर्शनलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो । जुलुशमा राष्ट्रिय जनमोर्चा जिन्दावाद, ‘संघीयता चाहिँदैन– देश टुक्राउन पाईंदैन, नेकपा (मसाल) जिन्दावाद, प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गरौं, महंगी, भ्रष्टाचार नियन्त्रण गर, नयाँ जनवादी क्रान्ति जिन्दावाद’ लगायतका नारा लगाइएको छ । पुर्तिघाटमा हुन लागेको आमसभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै हुनुहुन्छ । कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले विविध जनवादी गित तथा नृत्यहरु प्रस्तुत गर्नेछन् ।

सम्बन्धित सामग्री

अयोग्य लडाकुलाई पैसा दिने निर्णयको विरोधमा युवा संघद्वारा प्रदर्शन

नेकपा एमालेको भ्रातृ संगठन युवा संघले माओवादी सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई सरकारको रकम उपलब्ध गराउन गरेको तयारीको विरोधमा जुलुस निकालेको छ । काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शनलाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष क्षितिज थेवेले अयोग्य लडाकुको नाममा माओवादी केन्द्रले नीतिगत भ्रष्टाचार गरेर अर्बौं रुपैयाँ जम्मा गर्न खोजेको आरोप लगाए ।

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्वीरहरू]

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्। गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ।

शंख फुकेर प्रतिगमनकाे विराेध (फोटो फिचर)

काठमाडौं : विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरुले शंख फुकेर प्रतिगमनको विरोध गरेका छन्। ‘प्रतिगमनको अन्तेष्टी’ भन्दै विद्यार्थी संगठनहरुले माइतीघरमा शंख फुक्दै प्रतिगमनको विरोध गरेका हुन्। एक हप्तादेखि निरन्तर आन्दोलनरत विद्यार्थी गठबन्धनले आइतबार शंख जुलुस प्रदर्शन गरेका हुन्। जुलुसपछि कोणसभालाई पाँच विद्यार्थी गठबन्धनका केन्द्रीय अध्यक्षहरुले सम्बोधन गरेका थिए।

सिरहामा प्रधानमन्त्री ओलीको राजीनामा माग्दै मसाल जुलुस प्रदर्शन

सिरहामा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मसाल जुलुस प्रदर्शन  छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव नेपाल समूहका विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियुले मसाल जुलुस निकालेको हो ।मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक पुजन सिंहले विघटित संसदको पुनःस्थापनाको माग गर्दै पेट्रोलियम पर्दाथको मूल्य कम गर्न सरकारसँग माग गरे । केन्द्रीय सदस्य सिंहले तत्क

कञ्चनपुरको बेदकोटमा राजमोद्वारा मोटरसाइकल र्‍याली, मसाल जुलुश प्रदर्शन

पुष्कर भट्ट, महेन्द्रनगर । प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले शनिबार बेदकोट नगरपालिका वडा नं ८ मा मोटरसाइकल र्‍यालीको आयोजना गर्नुका साथै मसाल जुलुश प्रदर्शन गरेको छ । शनिबार दिउँसो सयौंको संख्यामा आयोजित मोटरसाइकल र्‍यालीपछिको कोणसभालाई अखिल (छैठौं) का महासचिव महेशराज जोशीले सम्बोधन गर्नुभएको थियो । यस्तै, शनिबार साँझ नै बेदकोटमा मसाल जुलुश प्रदर्शन गरिएको छ । कार्यक्रमलाई अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य उमेश कँडेलले सम्बोधन गर्नूभएको थियो । दुवै कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का कञ्चनपुर जिल्ला सचिव पुष्कर भट्टले गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले प्रतिनिधि सभा विघटन विरुद्ध करिब एक महिनादेखि सञ्चालन गरिरहेको ‘संगठन र संघर्ष’को कार्यक्रम भोलि (माघ १५ गते) बेदकोटमै समापन गर्दैछ । एकमहिने कार्यक्रम समापनको पूर्वसन्ध्यामा मोटरसाइकल र्‍याली र मसाल जुलुस प्रदर्शन गरेको हो । आइतबार बेदकोट नगरपालिका वडा नम्वर ८ को वडा कार्यालय नजिक सांस्कृतिक कार्यक्रमसहित एक महिने अभियानको समापन गरिने राजमोले जनाएको छ ।

पोखरामा पनि अखिल (छैठौं) ले बाल्यो मसाल

गणेश अधिकारी, पोखरा । अखिल (छैठौं) केन्द्रीय समितिको पूर्व निर्धारित कार्यक्रम अनुसार आज कास्कीमा पनि मसाल जुलुस प्रदर्शन गरिएको छ । देशभर मसाल जुलुस प्रदर्शनको कार्यक्रम अन्तर्गत लेखनाथको ताल्चोकमा मसाल जुलुससहित विरोध सभा सम्पन्न भएको छ । केपी ओलीकोे नेतृत्वको सरकारले अप्रजातान्त्रिक, असंवैधानिक, निरंकुश र प्रतिगामी उदेश्यसहित संसद विघटन गर्ने कदमको भत्र्सना गर्दै विद्यार्थीहरु हातमा मसाल बोकेर सडकमा निस्किएका थिए । कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी तथा राष्ट्रिय जनमोर्चा कास्कीका जिल्ला सचिव आकाश गौतम, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य विक्रम थापा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य नामबहादुर बाठा मगरले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैठौं) केन्द्रीय सदस्य प्रताप पौडेलले गर्नु भएको थियो ।

प्युठानका तीन स्थानमा अखिल (छैठौं) द्वारा मसाल जुलुस प्रदर्शन

शंकरप्रसाद पोख्रेल, गुल्मी । अखिल (छैठौं) प्यूठानको आयोजनामा प्यूठानको विजुवार, मच्छी र भिङ्ग्रीमा मशाल जुलुस प्रदर्शन गरिएको छ । संविधानमा नभएको धारा प्रयोग गरेर केपी ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी एवं सर्वसत्तावादी संसद विघटनको कदम विरुद्ध संघर्षरत (छैठौं) ले केन्द्रीय समितिको निर्णय अनुसार विरोध र्‍याली तथा मशाल जुलुस कार्यक्रम आयोजना गरेको हो । बाग्दुला र बिजुवारबाट निस्किएको मशाल जुलुस मित्रमणी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई अखिल (छैठौं) का केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष चोपलाल विक र राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा प्यूठान नगरपालिकाका अध्यक्ष धुर्व थापाले सम्बोधन गर्नुभएको थियो । संचालन अखिल (छैठौं) का वैकल्पिक केन्द्रीय सदस्य सरोज न्यौपानेले गर्नुभएको थियो । जुलुसमाथि प्रहरीले हस्तक्षेप गर्दा संगठनका जिल्ला अध्यक्ष चोपलाल विक सामान्य घाइते हुनुभएको छ । त्यसैगरी अखिल (छैठौं)को आयोजनामा झिम्रुक गाउँपालिकाको मच्छी र स्वर्गद्वारी नगरपालिकाको भिङ्ग्री बजारमा पनि ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनको विरुद्ध र्‍याली तथा मशाल जुलुस सम्पन्न भएको छ ।