कञ्चनपुरको बेदकोटमा राजमोद्वारा मोटरसाइकल र्‍याली, मसाल जुलुश प्रदर्शन

पुष्कर भट्ट, महेन्द्रनगर । प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले शनिबार बेदकोट नगरपालिका वडा नं ८ मा मोटरसाइकल र्‍यालीको आयोजना गर्नुका साथै मसाल जुलुश प्रदर्शन गरेको छ । शनिबार दिउँसो सयौंको संख्यामा आयोजित मोटरसाइकल र्‍यालीपछिको कोणसभालाई अखिल (छैठौं) का महासचिव महेशराज जोशीले सम्बोधन गर्नुभएको थियो । यस्तै, शनिबार साँझ नै बेदकोटमा मसाल जुलुश प्रदर्शन गरिएको छ । कार्यक्रमलाई अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य उमेश कँडेलले सम्बोधन गर्नूभएको थियो । दुवै कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का कञ्चनपुर जिल्ला सचिव पुष्कर भट्टले गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले प्रतिनिधि सभा विघटन विरुद्ध करिब एक महिनादेखि सञ्चालन गरिरहेको ‘संगठन र संघर्ष’को कार्यक्रम भोलि (माघ १५ गते) बेदकोटमै समापन गर्दैछ । एकमहिने कार्यक्रम समापनको पूर्वसन्ध्यामा मोटरसाइकल र्‍याली र मसाल जुलुस प्रदर्शन गरेको हो । आइतबार बेदकोट नगरपालिका वडा नम्वर ८ को वडा कार्यालय नजिक सांस्कृतिक कार्यक्रमसहित एक महिने अभियानको समापन गरिने राजमोले जनाएको छ ।