प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने सम्भावना, देउवालाई प्रधानमन्त्री बनाउनको लागि राष्ट्रपतिको नाममा परमादेश जारी होला त ?

काठमाडौं, २८ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने सम्भावना रहेको छ । यसअघि असार २१ गते उक्त मुद्दामा सुनुवाई सकिएको थियो । र, संवैधानिक इजलासले आजको लागि पेशी तोकेको थियो । सर्वोच्च अदालतनिकट उच्च स्रोतकाअनुसार उक्त मुद्दामा आजै फैसला आउने सम्भावना छ । फैसला लेख्नको लागि संवैधानिक इजलासमा रहेका न्यायाधीश ईश्वर प्रसाद खतिवडालाई […]

सम्बन्धित सामग्री

एनसेलले सम्मान गर्‍यो आईसीएसआईडीबाट भएको कर विवादसम्बन्धि मुद्दाको फैसला

एनसेलले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) बाट आएको कर विवादसम्बन्धि मुद्दाको फैसलालाई सम्मान गरेको छ । एक विज्ञप्ती जारी गर्दै एनसेलले न्यायाधिकरणको निणर्यलाई सम्मान गर्ने र निणर्यका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको जानकारी दिएको हो ।  ‘आजियाटा न्यायाधिकरणको निणर्यलाई सम्मान गर्दछ र निणर्यका...

किन कठिन बन्यो क्यासिनो व्यवसायबाट राजस्व सङ्कलन?

पर्यटन विभागले गत पौष महिनाको अन्तिम साता क्यासिनो सञ्चालक कम्पनीहरूलाई रोयल्टी तथा नवीकरण दस्तुर सोही महिनाको मसान्तभित्र बुझाउन निर्देशन दिँदै सूचना जारी गर्‍यो।क्यासिनो नियमावली २०७० अनुरूप सञ्चालित कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ को इजाजत पत्र नवीकरण दस्तुर र आर्थिक वर्ष २०७८/८९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर दाखिला गर्न त्यस्तो सूचना प्रकाशित गरिएको थियो।आर्थिक ऐन, २०७८ को दफा १६ (४) का अनुसार पौष महिनाभित्रमा बक्यौता नबुझाउने क्यासिनो सञ्चालकहरूले जरिवाना रकम र थप वार्षिक शुल्क तिर्नुपर्छ। क्यासिनो नियमावलीअनुसार समयमा नवीकरण नभएका कम्पनीको इजाजत पत्र रद्द गरिन्छ।तर सूचना प्रकाशित गर्दा समेत केही क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता बुझाउन नआएको विभागका निर्देशक मोहनबहादुर जीसीले बताए।आधिकारिक सूचनाबाहेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने क्यासिनोको अनुमतिपत्र नै खारेज गर्ने चेतावनी समेत दिएको विवरणहरू सार्वजनिक भए।याक एन्ड यती होटलमा सञ्चालित क्यासिनो चलाइए बापतको रोयल्टी नतिरिएपछि उक्त होटलको पाँचतारे वर्गीकरण रद्द गर्ने, अचल सम्पत्ति र ब्याङ्क खाता रोक्का गर्ने निर्णयपछि भने क्यासिनोहरू धमाधम विभागको सम्पर्कमा आएको अधिकारीहरू बताउँछन्।'पौष मसान्तभित्र बक्यौता रकम बुझाएको भए जरिवाना तिर्नुपर्दैन थियो। तर पटकपटक सूचना जारी गर्दा पनि केही क्यासिनो सञ्चालक मात्र सम्पर्कमा आए,' जीसीले भने।'याक एन्ड यतीलाई कारबाही गर्ने निर्णयपछि भने कोही बक्यौता बुझाउन आए। कोही हामीसँग निरन्तर छलफलमा छन्।'पर्यटनमन्त्री कडा रूपमा प्रस्तुत भएकाले क्यासिनो सञ्चालकहरूलाई केही सतर्क बनाएको जीसीको भनाइ छ।कति उठ्यो रोयल्टी?आर्थिक ऐनमा नेपालमा क्यासिनो सञ्चालन गर्न इजाजत पत्र प्राप्त व्यक्ति वा संस्थाले क्यासिनो सञ्चालन गरे बापत प्रत्येक आर्थिक वर्षमा चार करोड रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ।माघ १९ गते पुनः सूचना जारी हुनुअघिसम्म देशभरिका क्यासिनोहरूमार्फत् कुल ८४ करोड ३३ लाख ४७ हजार ८ सय ४८ सङ्कलन हुन बाँकी थियो। सूचना जारी गरेपछि २१ करोड ४९ लाख रुपैयाँ उठेको निर्देशक जीसीले जानकारी दिए।सेन्ट्रल मिडिया प्रालिले पाँच करोड, ह्याप्पी आवर समूहले एक करोड पचास लाख रुपैयाँ तिरेको र एसएचएल म्यानेजमेन्टले १४ करोड २० लाख ब्याङ्क जमानत गरेको हो।'रकम बुझाउने कम्पनीहरू नवीकरण प्रक्रियामा छन्,' जीसीले भने।उनले सेन्ट्रल मिडिया प्रालि, ह्याप्पी आवर समूह र रक इन्टरन्याश्नलसहितका कम्पनीले थप रकम तिर्न बाँकी भएको जानकारी दिए।आर्थिक वर्ष २०७८/७९ को आरम्भदेखि दुई साताअघिसम्म क्यासिनोहरूमार्फत् ८१ करोड हाराहारी रकम सङ्कलन भएको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बीबीसीलाई बताए।क्यासिनोउनका अनुसार कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको सहित सवा एक अर्ब रुपैयाँ उठ्न बाँकी छ।कुमारीचोक नेपाल सरकारका विभिन्न निकायहरूले असुल उपरका लागि लेखिपठाएको सरकारी बाँकी रकम सम्बन्धित व्यक्ति/फर्म/संस्थाबाट असुल उपर गर्ने कामको लागि स्थापित केन्द्रीय निकाय हो।उनले भने,'कारबाही प्रक्रियामा गएपछि सकारात्मक प्रभाव परेको छ। क्यासिनो सञ्चालकहरूले बक्यौता रकम तिर्न थालेका छन्।'पर्यटक विभाग धाउँदै क्यासिनो सञ्चालकहरूहाल क्यासिनो सञ्चालकहरू कारबाहीमा पर्ने त्रासका कारण विभागसँग नियमित सम्पर्कमा रहेको अधिकारीहरू बताउँछन्। केहीले आफूले तिर्नुपर्ने रकम बढी भएको भन्दै प्रमाण पेस गरिरहेको त तत्काल रकम भुक्तानी गर्न नसक्नेहरूले लिखित सम्झौता गरेको निर्देशक जीसीले बताए।'कतिपय क्यासिनोसँग हिसाबकिताब भइरहेको छ। केहीले हामी हप्ताको एक करोड रुपैयाँ तिर्छौँ भन्दै आइरहेका छन्,' उनले जानकारी दिए।किन गाह्रो हुन्छ क्यासिनोको बक्यौता उठाउनमहानिर्देशक अधिकारी नेपालमा क्यासिनोमार्फत् 'अनैतिक कर्पोरेट अभ्यास' भइरहेको बताउँछन्।त्यसैले रकम सङ्कलन गर्न गाह्रो भएको उनको धारणा छ।त्यस्तै यो कररहित राजस्व भएकाले पनि सङ्कलनमा आलटाल हुने उनको तर्क छ।निर्देशक जीसी महानिर्देशक समान धारणा राख्छन्। उनले क्यासिनो सञ्चालकहरूको अनिच्छालाई नै प्रमुख कारण भएको इङ्गित गर्दै भने,'तिर्न नपरे हुन्थ्यो वा ढिला तिर्न पाए हुन्थ्यो जस्तो गर्नुहुन्छ।'त्यस्तै क्यासिनो र होटल सञ्चालकहरूबीचको 'कसले तिर्ने' भन्ने विवादलाई अर्को कारणका रूपमा व्याख्या गरे।क्यासिनो नियमावली नआउँदासम्म कुनै पनि संस्था वा व्यक्तिले क्यासिनो सञ्चालन गर्ने पाउने प्रावधान थिएन।सम्बन्धित होटलले क्यासिनो सञ्चालन गर्ने अनुमति लिन्थे। केहीले आफैँ र केहीले संस्थालाई भाडामा दिएर क्यासिनो सञ्चालन गर्थे। क्यासिनो सञ्चालन गर्ने होटलहरूले रोयल्टी रकम नबुझाएपछि सरकारले क्यासिनो नियमावली २०७० बनाएको जानकारहरू बताउँछन्।नियमावलीमा क्यासिनो सञ्चालन गर्ने र गराउने दुवैले अनुमतिपत्र लिनुपर्ने उल्लेख छ।त्यस्तै नियमावलीमा एउटा अनुमतिपत्र लिएर एक वा सोभन्दा बढी ठाउँमा क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था थियो। पछि एउटा अनुमतिपत्रले एक ठाउँमा मात्र क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था गर्‍यो।लगत्तै पर्यटन मन्त्रालयले एकभन्दा बढी क्यासिनो सञ्चालन अनुमति खारेज गरिदिएको निर्देशक मोहनबहादुर जीसीले बताए। त्यसपछि क्यासिनो सञ्चालकहरू अदालत गएको उनको कथन छ। मुद्दाको फैसला हुनुअघि क्यासिनोहरूलाई सञ्चालन हुने अनुमति दिइयो।'क्यासिनोहरू चलिरहे। समय लम्बिँदै गयो। तिर्न बाँकी रकम बढ्दै गयो र अहिले समस्या सिर्जना भयो,' जीसीले भने।'कोरोनाभाइरस महामारी सुरु भएपछि विभागले पनि क्यासिनोहरूको निरन्तर नियमन गर्न सकेन।'होटल याक एन्ड यतीको घटना के हो ?गत माघ २८ गते सरकारले याक एन्ड यती होटलको नाममा जारी क्यासिनो सञ्चालन गर्ने इजाजतपत्र रद्द गर्ने निर्णयसहित विज्ञप्ति जारी गर्‍यो। जसमा होटलमा पाँचतारे स्तर वर्गीकरण प्रमाण गर्ने र अचल सम्पत्ति तथा ब्याङ्क खाता रोक्का गर्ने जनाइएको थियो।कारण - होटलले आर्थिक वर्ष २०७६/७७ सम्मको बाँकी बक्यौता, आर्थिक वर्ष २०७७/७८ को इजाजत नवीकरण दस्तुर र आर्थिक वर्ष २०७८/७९को रोयल्टी दस्तुर समेत गरेर ४२ करोड २५ लाख रुपैयाँ नबुझाउनु।तर होटल पक्ष भने २०७१ सालको वैशाखदेखि होटलको क्यासिनो सञ्चालन इजाजतपत्र खारेज भइसकेको बताउँछ। त्यसपछि क्यासिनो नवीकरण र पुनः अनुमतिको माग नगरेको होटलका एक व्यवस्थापक विजय प्याकुरेल बताउँछन्।'होटलको नाममा चिट्ठी पठाई क्यासिनो बन्द गर्न निर्देशन दिइयो। हामीले त्यसै गर्‍यौँ। त्यसबाहेक नेपाल सरकारलाई बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाइरहेका छौँ,' उनले भने।सरकारको यस निर्णयले कोभिड-१९ महामारीपछि बल्लबल्ल जुर्मुराउन थालेको पर्यटन तथा होटल व्यवसायलाई ठूलो असर पुर्‍याउने व्यवस्थापक प्याकुरेलको दाबी छ।उनले भने,'ब्याङ्क रोक्का गर्नुले आन्तरिक तथा विदेशी पर्यटकहरूलाई दिँदै आएको सेवा प्रभावित भएको छ।'त्यस्तै होटलमा आश्रित ५०० भन्दा बढी कर्मचारी एवं कामदारको दैनिक जीविकोपार्जनमा समेत असर परेको उनी बताउँछन्।यसै मुद्दाउपर होटल सञ्चालक कानुनी उपचारको खोजीमा जुटेका छन्।केही साताअघि सर्वोच्‍च अदालतले होटल याक एण्ड यती बन्द गर्ने सरकारी निर्णयविरुद्ध न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।लगत्तै सरकारले गत शुक्रबार रोक्का गरेको होटलको ब्याङ्क खाता फुकुवा गर्न र होटल एवं पर्यटन मन्त्रालयसहितको विपक्षीलाई छलफलका लागि बोलाइएको जनाइएको थियो।'अन्तरिम आदेशका लागि तोकिएको मितिमा निर्णय भएन। अबको करिब एक महिना अल्पकालीन आदेश नै लागु हुन्छ,' निर्देशक जीसीले भने। -बिबिसीबाट

सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी

सर्वोच्च अदालतमा आज छवटा मुद्दाको फैसला भएको छ भने दुई मुद्दामा आदेश जारी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र सात संयुक्त इजलासमा १८८ मुद्दाको पेशी तोक्नुभएको थियो ।

अवैध सुन तस्करी र शाक्य हत्या प्रकरणः सरकारी वकिलको बहस सकियो

मोरङ – जिल्ला अदालत मोरङमा जारी करिब ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा सरकारी वकिलको बहस सकिएको छ। अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार मुद्दाको अन्तिम सुनुवाइका क्रममा सरकारी वकिललाई उपलब्ध समयको दोस्रो दिन सोमबार बहस सकिएको हो। मुद्दाको फैसला चरणमा रहेको बताएका धमलाले सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको […]

समायोजित र स्थगित अधिकृत परीक्षार्थीको फैसला अब पूर्ण इजलासबाट

काठमाडौँ । सर्वोच्चको आदेशपछि सङ्घमा पदस्थापन भएका र सबै चरणको परीक्षा सम्पन्न भई पदपूर्तिका लागि अन्तिम सिफारिस गर्न मात्र बाँकी अधिकृत परीक्षार्थिहरुको मुद्दाको फैसला पूर्ण इजलासबाट हुने भएको छ । विज्ञापन बमोजिमको सिट सङ्ख्याकै आधारमा पदपूर्ति सिफारिसका लागि परमादेश तथा प्रतिषेध लगायत उपयुक्त आज्ञा आदेश माग्दै सर्वोच्च अदालत पुगेका अधिकृत परीक्षार्थिहरुद्वारा जारी रिट निवेदनमाथि प्रधानन्यायाधीश […]

यस्तो छ सर्वोच्चको फैसला (पूर्ण पाठ)

काठमाडौँ- दोस्रोपटक भएको प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सार्वजनिक भएको छ। सोमबार संवैधानिक इजलासले प्रतिनिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाउँमा परमादेश जारी गरेको हो। प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, आनन्द मोहन भट्टराई र ईश्वर प्रसाद […]

बुधबार इजलासमा के-के भयो ?

इजलास गठनका विषयमा भएको विवादका कारण यसअघिका सुनुवाइमा विषय प्रवेश हुन पाएको थिएन। बुधबार पनि विवाद जारी रहने र सुनुवाइ प्रभावित हुने अनुमान कानुन व्यवसायीले गरेका थिए। तर यस दिन सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अब विवाद अघि नबढाउन भन्दै यही इजलासले मुद्दाको फैसला गर्ने अडान राखेका थिए।  त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रधानन्यायाधीशको भनाइमा बल पुग्नेगरी यही संवैधानिक इजलासको विकल्प नभएको बताएका थिए। ‘संविधानले नै प्रधानन्यायाधीशको विकल्प दिँदैन। बाँकी हामी चारज

सिलवाल डिआइजीकै हैसियतमा एमाले प्रवेश!

राजीनामा दिएर बसेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल प्रहरी कर्मचारी पदमा कायमै रहँदा नेकपा एमाले प्रवेश गरेका छन्। यो खबर नागरिक आजको नागरिक दैनिकमा छ। सर्वोच्च अदालतमा रहेको प्रहरी महानिरीक्षक सम्वन्धि मुद्दाको फैसला आफ्नो विपक्षमा आएपछि विज्ञप्ती जारी गरी उनले राजीनामाको घोषणा गरेका थिए। घोषणाको दोस्रो दिन उनको राजीनामापत्र प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा…

थाइल्याण्डकी पूर्व प्रधानमन्त्रीलाई पक्राउ गर्न आदेश

थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध शुक्रबार पक्राउ आदेश जारी गरेको छ । आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी गरेका हुन् । सर्वोच्च अदालतले शुक्रवार शिनावात्रविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेपनि अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका लागि सारिएको छ । पारिवारीक स्रोतका अनुसार उनी…

यिङलक शिनावात्रालाई पक्राउ गर्न सर्वोच्च अदालतको आदेश :: Pahilopost.com

बैङ्ककः थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध शुक्रबार पक्राउ आदेश जारी गरेको छ।  आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी गरेका हुन्।    सर्वोच्च अदालतले शुक्रवार शिनावात्रविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेपनि अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका लागि सारिएको