प्रदेश २ मा ३४ हजारलाई कोरोनाविरुद्धको खोप

१२ माघ, जनकपुरधाम । प्रदेश २ मा बुधबारदेखि सुरु हुने कोरोनाविरुद्वको खोप अभियान आठै जिल्लामा एकैसाथ सुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने तयारी गरिएको छ  …

सम्बन्धित सामग्री

प्रदेश २ मा ३० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप

जनकपुर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । प्रदेशको सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण कायमै रहे पनि ग्रामीण भेगमा अझै कोरोनाविरुद्धको खोप लगाउन डराइरहेकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको उनको भनाइ छ । कोरोना भाइरसको नयाँ भेरियन्टको खतरा बढेपछि नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा  भारतबाट आउने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनलाई लक्षित गरी ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो । रासस

धनुषामा १८ वर्षमाथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइने

प्रदेश २ को धनुषा जिल्लामा मङ्सिर २४ गतेदेखि २८ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय धनुषाले प्रदेश को अस्थायी राजधानी जनकपुरधामस्थित कार्यलयमै सोमबार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा १८ वर्ष वा सो भन्दामाथि समूहका व्यक्तिहरुलाई मङ्सिर २४ गते देखि २८ गतेसम्म जिल्लाभर कोरोनाविरुद्धको भेरोसेल खोप दिइने व्यहोरा जानकारी गराएको हो ।

जनसंख्याको अनुपातमा खोप उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रसँग माग गरेका छन्। बिहीबार मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रमा सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोलीसहित बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले यस्तो माग गरेका हुन्। भारतसँगको खुला सीमा तथा बढी जनघनत्व भएका कारण यो प्रदेश कोरोना महामारीको […]

प्रदेश २ मा ७४ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

प्रदेश २ मा पहिलो चरणमा ७४ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्

पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा शनिबारसम्म एक लाख ८४ हजार ८५७ जनाले कोभिड–१९ खोप लगाएका छन् । यो सँगै खोप लगाउने पहिलो चरणको अभियान सकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । पहिलो चरणका लागि ल्याइएका बाँकी खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ । सरकारले यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप लगाउने उद्देश्यअनुसार प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइएको हो । नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ ।

मातातीर्थका १७ जना ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : मातातीर्थ वृद्धाश्रमका १७ जना ज्येष्ठ नागरिकले बिहिबार कोभिड विरुद्धको खोप लगाएका छन्। सशस्त्र प्रहरी बलम्बु अस्पतालका खोप टोलीले १७ जना ज्येष्ठ नागरिकसहित अन्य जना चार  कर्मचारीसहित कुल २१ व्यक्तिले खोप लगाएका खोप टोलीका डा. वसन्त कुमार बाँस्तोलाले जानकारी दिए।बिहीबारसम्म देशभर ७७ जिल्लाको २ सय १ खोप केन्द्रबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएका छन्। प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमतीमा ५५ हजार ५ सय ४,गण्डकीमा १७ हजार २ सय ६७,लुम्बिनीमा २३

७७ जिल्लाका २८ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाइएको दोस्रो दिन आज २८ हजार बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) साँझ ५ बजेसम्म ७७ जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाएका हुन् । जसमध्ये प्रदेश १ मा तीन हजार ८७४, प्रदेश २ मा दुई हजार १७४, वागमती प्रदेशमा ११ हजार ४६१, गण्डकीमा चार हजार ८५३, लुम्बिनीमा दुई हजार ३०३, कर्णालीमा एक हजार ६७७ र सुदूरपश्चिममा दुई हजार ४१७ ले खोप लगाएका छन् । आजसम्म खोप पाएका व्यक्तिहरुमध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । हिजो पहिलो दिन नौ हजारले खोप लगाएका थिए । सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीरुलाई प्राथमिकताको आधारमा खोप लगाउन सुरु गरेको हो ।

प्रदेश २ मा आज ७ सय ३३ जनाले लगाए कोरोना भाइरसविरुद्धको खोप

जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसविरुद्धको खोप अभियानको पहिलो दिन आज ७ सय ३३ जनाले खोप लगाएका छन्। बुधवार प्रदेशको ८ वटै जिल्लाका ९ केन्द्र र १४ बुथबाट ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक एवं प्रवक्ता विजय कुमार झाले जानकारी दिए।…

प्रदेश २ मा कोरोनाविरुद्धको खोप : कानुनमन्त्री यादवले लिए पहिलो ‘डोज’

जनकपुरधाम : प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरधामबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ। आज प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले खोप लिएर प्रदेशमा खोप अभियानको शुरु गरेका हुन्। मन्त्री यादव यस भन्दा पहिले कोरोना संक्रमित समेत भएका थिए। कानुन मन्त्री यादवपछि प्रदेशिक…

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ । प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा संयोजक तोकिएको हो । प्रदेश १ मा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल, प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. म...