जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रसँग माग गरेका छन्। बिहीबार मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रमा सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोलीसहित बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले यस्तो माग गरेका हुन्। भारतसँगको खुला सीमा तथा बढी जनघनत्व भएका कारण यो प्रदेश कोरोना महामारीको […]