काठमाडौं । कोरोनाविरुद्धको खोप लगाइएको दोस्रो दिन आज २८ हजार बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) साँझ ५ बजेसम्म ७७ जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाएका हुन् ।
जसमध्ये प्रदेश १ मा तीन हजार ८७४, प्रदेश २ मा दुई हजार १७४, वागमती प्रदेशमा ११ हजार ४६१, गण्डकीमा चार हजार ८५३, लुम्बिनीमा दुई हजार ३०३, कर्णालीमा एक हजार ६७७ र सुदूरपश्चिममा दुई हजार ४१७ ले खोप लगाएका छन् ।
आजसम्म खोप पाएका व्यक्तिहरुमध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ ।
हिजो पहिलो दिन नौ हजारले खोप लगाएका थिए । सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीरुलाई प्राथमिकताको आधारमा खोप लगाउन सुरु गरेको हो ।