गरिमा विकास बैंकको ३ लाख ८२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । गरिमा विकास बैंकको ३ लाख ८२ हजार ८९२ दशमलव ७७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा आएको हो । उल्लिखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र (असार ३०) गतेसम्म आवेदन पेश गर्नुपर्नेछ । शेयरको मूल्य उल्लेख नगरिएकाले खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले के कति कित्ता कति मूल्यमा खरीद गर्ने सोसमेत खुलाई आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारीसमेत कम्पनीले दिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित सामग्री

गरिमा विकास बैंकको ५ लाख २५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ५ लाख २५ हजार ९१० दशमलव २१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट माग बमोजिम आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

गरिमा विकास बैंकको २ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ८२ हजार ५७३ दशमलव ४९ कित्ता संस्थापक विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले मंसिर २२ गतेसम्म कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले पौने ४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ३ लाख ८२ हजार ८९२ दशमलव ७७ कित्ता शेयर विक्रीमा ल्याएको हो । यो शेयरमा संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरीदका लागि आवेदन दिन सक्नेछन् ।  यसअघि संस्थापक शेयरधनीहरूका लागि यो शेयर विक्रीमा राखिएको थियो । तर, तोकिएको ३५ दिनभित्र केही शेयरमा मात्र विक्री भएकोले अन्य व्यक्ति तथा संस्थाका लागि विक्री खुला गरिएको बैंकले जनाएको छ ।  इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरीदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । संस्थापक शेयरधनीले विक्री गर्न चाहेको शेयरको दरका विषयमा पनि बैंकको केन्द्रीय कार्यालयमै सम्पर्क गरेर जानकारी लिन सकिने बैंकले जनाएको छ ।