ग्लोबल आईएमई लघुवित्तको लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २८ प्रतिशतले हुन आउने १२ करोड ८ लाख ७८ हजार ९ सय १५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ४३ करोड १७ लाख १० हजार रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

सम्बन्धित सामग्री

साधारण सभा गर्दै ग्लोबल आईएमई लघुवित्त

कम्पनीले आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्नेछ । प्रबन्धपत्र संशोधन गरी कम्पनीले ‘इनवार्ड रेमिट्यान्स’ सम्बन्धी कार्य गर्ने व्यवस्था पनि थप गर्ने भएको छ ।

लघुवित्तको ऋण तिर्न नसकेका रामदेव मरिकको दुःखान्त

१२ माघ, जनकपुरधाम । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२, रामपुरका ४५ वर्षीय रामदेव मरिक डोम माघ ९ गते बिहानैदेखि चर्को तनावमा थिए । कारण थियो त्यही दिन ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थालाई तिर्नुपर्ने ऋणको ब्याजसहितको किस्ता । जेठो छोरा २० वर्षीय राजकुमारको बिहेका लागि उनले श्रीमती उर्मिलादेवीको नाममा १३ मंसिर २०७८ मा ९० हजार रुपैयाँ ऋण लिएका […]

शेयर बजार ६ अङ्कले घट्याे, २ अर्ब १० कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज साेमवार ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नाै सय ५८ दशमलव ९४ विन्दुमा झरेको छ । हिजो आइतवार ४३ अङ्कभन्दा धेरैले बढेको नेप्से आज भने घटेको हो । आज निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख  रुपैयाँको शेयर किनबेच भयो । आज ग्लोबल आईएमई लघुवित्त ...

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर [सूचनासहित]

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा काम गर्नका लागि कर्मचारी माग गरेको छ । लिमिटेडले विभागीय प्रमुखदेखि वरिष्ठ सहायक पदहरूसम्ममा कर्मचारी माग गरेको छ । इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्नेछन् । सूचना

लघुवित्तको ऋण तिर्न नसक्दा गाउँ छाड्दै महिला

लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि गुल्मी दरबार गाउँपालिका–३, वीरबासकी रुचि मिदुन (नाम परिवर्तन) एक वर्षदेखि गाउँमा छैनन् । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले रुचिलाई ‘भगौडा’ को सूचीमा राखेको छ । ग्लोबल आईएमईले बेलाबेला घरैमा पुगेर रुचिका सासू–ससुरालाई ऋण नतिरे घर लिलाम गरिदिने चेतावनी दिन्छ ।

ग्लोबल आईएमई लघुवित्तले घोषण गर्‍यो २८ प्रतिशत बोनस

२० असोज, काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीका लागि २८ प्रतिशत बोनस घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत लाभांश दिने घोषणा गरेको कम्पनीले जनाएको छ । असोज १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठक यस्तो प्रस्ताव पास गरेको हो । कम्पनीको […]

ग्लोबल आइएमई लघुवित्तका सञ्चालक परमेश्वर श्रेष्ठले दिए राजिनामा

असार ३०, काठमाडौं ।  ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक परमेश्वर श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठले सञ्चालकबाट राजिनामा दिएका हुन् । गत असार २९ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

ग्लोबल आईएमई लघुवित्तको प्रमुख कार्यकारीअधिकृतमा जोशी

काठमाडौं, १५ बैशाख । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा हरि कृष्ण जोशीलाई नियुक्त गरेका छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उपकार्यकारी अधिकृत जोशीलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

रिलायबल माइक्रोफाइनान्सको नाम परिवर्तन

काठमाडौं : रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड बनाइएको छ । आइतबार