नेपाल पक्षमा साढे ३ लाख कार्यकर्ता भएको दाबीः सबैलाई कारबाही गरेर देखाउन चुनौती
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन्।
कांग्रेस मकवानपुरले मंगलबार जिल्लाका १६ नेता–कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसको नीतिविपरीत गतिविधि गरेको भन्दै कांग्रेस जिल्ला पार्टीले उनीहरूलाई कारबाही गरेको हो ।
हेटौँडा उपमहानगरपालिका २ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी...
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गर्ने कार्यमा पार्टीका कार्यकर्ता संलग्न हुन नसक्ने स्पष्ट गरेका छन् । उनले फोहोर व्यवस्थापनमा अवरोध गर्न राप्रपाको पनि संलग्नता भएको भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको आरोपमा जवाफ दिँदै त्यसमा कोही कार्यकर्ता संलग्न भएको पाइए कारबाही हुने बताए । यसबारेमा जिम्मेवार स्थानबाट गलत प्रचार भएको उनको भनाइ छ । ‘काठमाडौंको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको कडा
तनहुँ – नेपाली कांग्रेस भानु नगर कार्यसमितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि केन्द्रीय कार्यसमितिले गरेको कारवाही फिर्ताको माग गरेको छ । भानु नगरसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले जोशीमाथिको कारबाही फिर्ता गर्न माग गरेको हो । बैठकले जोशीसहितका कार्यकर्ता असन्तुष्टि भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला […]
हेटौंडा : नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले संसदमा केपी ओलीको नाराले १४ जना सांसदलाई कारबाही नहुने दाबी गरेका छन् । शनिबार मकवानपुरमा भएको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले ओलीले संसदमा पाँच सय दिनसम्म नाराबाजी गरे पनि आफूसहितको १४ सांसदलाई कारबाही गर्न नसक्ने दाबी गरेका हुन्। ‘ओलीले हत्या गरेको संसद हामीले बचाएर ल्याएको हो। अहिले हामीलाई कारबाही गर्नुपर्यो भन्दै संसदमा नारा लगाउने? जसले संसद् बचायो ऊ बस्न नपाउने अनि हत्याराले च
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसद्को अवरोध जारी रहने बताएका छन्।मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कारबाही गरेर हटाएका सांसद प्रतिनिधिसभा ब...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कारबाही गरेको माधव नेपालसहितको १४ सांसद उपस्थित भए आजको संसद् चल्न नदिने बताएका छन्। संसदीय दलको बैठकमा बोल्दै ओलीले भने, ‘हामीले कारबाही गरिसकेको १४ सांसद बैठकमा उपस्थित भए हामी संसद् चल्न दिँदैनौँ। एमालेकै कार्यकर्ता हौं भनेर पार्टी विभाजन गर्ने, पार्टीकै सदस्य नभएको व्यक्तिले कसरी संसदीय दल र पार्टी विभाजन गर्छ? उहाँहरूलाई हामीले कारबाही गरिसकेको छौँ।’ उनले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गरिमाभन्दा बाहिर गएर क
काठमाडौं। एमालेको असन्तुष्ट माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा कार्यकर्ता भेला गरेको छ। पार्टीले कारबाही गरेपछि समानान्तर कमिटि गठनलाई तीव्रता दिएका नेता नेपाल समूहले आज झापामा कार्यकर्ता भेला गरेको हो। ७ सय कार्यकर्ता जम्मा भएको भेलामा माधवकुमार नेपाल, घनश्याम भुषाल, भीम आचार्य, घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, रबिन कोइराला, नरेश खरेल लगायत उपस्थित छन् ।
काठमाडौं । नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरू हुँदैछ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेलामा देशभरबाट २ हजार जनाभन्दा बढी नेता-कार्यकर्ता सहभागी हुने सो समूहले जनाएको छ ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार भोलिसम्म चल्ने भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहने छ ।
भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ । अवधारणा पत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ । राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।
सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी बैठक राखेर माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरूको पद खोसेपछि एमाले विभाजित भएको छ । ओली र नेपाल–खनालपक्षबीच संवादको थालनी गरिएपनि निरन्तरता पाउन नसक्दा एमालेभित्रको विवाद फुटतर्फ अघि बढेको छ।
भेलामा सहभागी भए कारबाही : ओली पक्ष
यसैबीच ओली पक्षले भने खनाल–नेपालले बोलाएको भेलामा नजान नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै अनाधिकृत र गुटगत भेला नगर्न नगराउन र त्यसमा सहभागी नहुन निर्देशन दिनुभएको हो ।
भेलामा सहभागी भएमा विधानको व्यवस्था एवं नियमावली बमोजिम कारबाही गरिने चेतावनी पोखरेलले दिनुभएको छ ।