एमाले खनाल-नेपाल समूहको भेलामा दुई हजार बढी कार्यकर्ता सहभागी हुने

काठमाडौं । नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरू हुँदैछ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेलामा देशभरबाट २ हजार जनाभन्दा बढी नेता-कार्यकर्ता सहभागी हुने सो समूहले जनाएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार भोलिसम्म चल्ने भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहने छ । भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ । अवधारणा पत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ । राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी बैठक राखेर माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरूको पद खोसेपछि एमाले विभाजित भएको छ । ओली र नेपाल–खनालपक्षबीच संवादको थालनी गरिएपनि निरन्तरता पाउन नसक्दा एमालेभित्रको विवाद फुटतर्फ अघि बढेको छ। भेलामा सहभागी भए कारबाही : ओली पक्ष यसैबीच ओली पक्षले भने खनाल–नेपालले बोलाएको भेलामा नजान नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै अनाधिकृत र गुटगत भेला नगर्न नगराउन र त्यसमा सहभागी नहुन निर्देशन दिनुभएको हो । भेलामा सहभागी भएमा विधानको व्यवस्था एवं नियमावली बमोजिम कारबाही गरिने चेतावनी पोखरेलले दिनुभएको छ ।

सम्बन्धित सामग्री

एसइई परीक्षामा गण्डकीका ४० हजार भन्दाबढी विद्यार्थी सहभागी

गण्डकी- आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९, पवर्तबाट […]

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

ब्रसिलिया, पुस २६ । ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए । उनीहरुले यहाँको संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि […]

गुल्मीबाट चार हजार आठ सय बढी विद्यार्थी एसइई परीक्षामा सहभागी

गुल्मी जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार हजार आठ सय २३ विद्यार्थी सहभागी भएका छन्। शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा जिल्लाका एक सय ४० विद्यालयका विद्यार्थीहरु...

लुम्बिनीमा ८६ हजार ६२४ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

बुटवल : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ मा लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ जना विद्यार्थी सहभागी हुने भएका छन्। शुक्रबारदेखि सुरु हुने परीक्षाका लागि प्रदेशका १२ वटा जिल्लाबाट नियमिततर्फ ८५ हजार ६७३, ग्रेड वृद्धितर्फ ९५१ र प्राविधिक धारतर्फ दुई हजार ८६६ जना विद्यार्थी सहभागी हुन लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका…

डडेल्धुराबाट एसइईमा तीन हजार ११८ विद्यार्थी सहभागी हुँदै

डडेल्धुरा । डडेल्धुरामा एसइई परीक्षा दिने तीन हजार ११८ जना विद्यार्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विद्यालयबाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले बताए । सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० बढी विद्यार्थीका लागि […]

डडेल्धुराबाट एसईईमा तीन हजार ११८ विधार्थी सहभागी हुँदै

डडेल्धुरामा एसईई परीक्षा दिने तीन हजार ११८ जना विधार्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विद्यालयबाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले वताए ।सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० वढी विद्यार्थीका लागि १२ वटा मात्रै परीक्षा केन्द्र तोकिएका छन् । जिल्लाको भौगोलिकता र सबै विद्यालयलाई नजिक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख जोशीले बताए । परीक्षा नियन्त्रण केन्द्रले द

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजदेखि, ३४ हजार सहभागी हुँदै

आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।

एमाले महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि सहभागी हुने

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी  दिए। यसअघि कात्तिक २७ गते देशभरबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । यही मङ्सिर ७ गते बसेको स्थायी कमिटी बैठकले कूल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । यसैगरी महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् । चितवनको भरतपुरमा भोलिदेखि ...

एमाले राष्ट्रिय महाधिवेशनका प्रतिनिधिको संख्या निर्धारण, १ हजार ५३६ सहभागी हुने

नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या निर्धारण गरेको छ । बिहीवार बसेको बैठकले १ हजार ५३६ प्रतिनिधि सहभागी हुने निर्णय गरेको प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कूल संख्यामध्ये १ हजार १९६ प्रतिनिधि भूगोलबाट चुनिएर आउने जनाइएको छ । प्रवक्ता ज्ञवालीका अनुसार हरेक निर्वाचन क्षेत्रबाट ३३ प्रतिशत अर्थात् ३ जना महिला सहभागी हुनेछन् । महाधिवेशन प्रतिनिधिमा ४९ प्रतिशत संख्या खुला र ५१ प्रतिशत समावेशी प्रतिनिधि निर्वाचित हुने ज्ञवालीले जानकारी दिए ...