त्रिविले कर्मचारीलाई गरायो सचेत

त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको कार्यक्रम तथा प्रचारप्रसारमा सहभागी नहुन सचेत गराएको छ। विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पेसागत मर्यादालाई भुलेर राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा लागेको, उम्मेदवारको पक्ष र विपक्षमा खुलेको, दलको महाधिवेशनको समयमा केन्द्रीय समितिमा उम्मेदवार भएको तथा महाधिवेशन प्रतिनिधि हुनेलगायतका विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर कारबाही गर्न त्रिविलाई निर्देशन दिएको थियो।

सम्बन्धित सामग्री

कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको पूर्व सेवाकालीन तालीम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बागमती र गण्डकी प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ कर्मचारीलाई तालीम दिन शुरू गरेको छ । बैंकले सोमवारदेखि चौधदिने पूर्व सेवाकालीन तालीम काठमाडौंमा शुरू गरेको हो । तालीमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने बताए । उनले तालीमबाट प्राप्त हुने व्यावहारिक ज्ञानले कार्यस्थलमा सेवा दिन सहयोग पुगी संस्थाको उत्पादकत्व वृद्धि गर्न जनशक्ति उपयोगी हुने बताए । कार्यक्रममा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउँदै ग्राहकको बैंकप्रतिको विश्वास बढ्नेगरी काम गर्न सुझाइन् । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रविधिको प्रयोगमार्फत जोखिम बढिरहेकाले ग्राहकलाई सचेत भएर डिजिटल बैंकिङ सेवा प्रयोग गर्न सिकाउनुपर्ने बताए । मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रममा बैंकका विभागीय प्रमुख पद्मा लक्ष्मी जिसी, मानव संशाधन विभागका उपप्रमुख हरिबाबु आचार्यलगायत कर्मचारीको उपस्थिति थियो ।

कार्यस्थलमा हुने यौनहिंसाबारे कर्मचारीलाई सचेत गराउने प्रतिबद्धता

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम भुसाल अधिकारीले कार्यस्थलमा हुने यौनजन्य हिंसाका विषयमा कार्यालय प्रमुखहरूको बैठकमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आज सम्पन्न, कार्यस्थलमा हुने यौनहिंसाका सम्बन्धमा मुद्दा पहिचान तथा उठान गर्न विभिन्न सरोकारवालाहरूसँगको समन्वयात्मक बैठकमा उहाँले लैङ्गिक र यौन हिंसाबारे सबै कर्मचारीलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो । “हरेक कार्यालय प्रमुखहरूलाई कार्यालयस्थलमा …

मतदानमा खटिने कर्मचारीलाई वारेसबाट मत खसाल्ने कार्यबारे सचेत रहन निर्देशन

सिमकोट – मंसिर ४ गतेको निर्वाचनका लागि खटिएका कर्मचारीलाई मतदानको दिन वारेसबाट मत खसाल्ने कार्यदेखि सचेत रहन निर्देशन दिइएको छ। यसअघिका निर्वाचनमा दलहरूबाट आफ्नो पकेट भएको मतदान केन्द्रमा दुुई–चार जनाले मात्र मत खसाल्ने गरेको सूचना सार्वजनिक भएपछि खटिएका कर्मचारीलाई नियमानुुसार मात्र मत खसाल्ने वातावरण बनाउन निर्देशन दिइएको हो। मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले वारेसका लागि […]

बेथिति बढेको भन्दै निगरानी बढाउन मुख्यसचिवसहित सचिवहरूलाई अख्तियारको निर्देशन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव शङ्कर दाश वैरागीसहित विकासे मन्त्रालयका सचिव, अन्तर्गतका बोर्ड, संस्थान तथा विभागीय प्रमुखहरूसहित चार दर्जन बढी कर्मचारीलाई बोलाएर दिनभर बैठक गरेको छ । मंगलबार बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न चरणमा आफ्नै कार्यालय टंगालमा बोलाएको आयोगले बढ्दै गएको उजुरी, निर्णय तथा निर्देशन कार्यान्वयनमा संवेदनशील हुन सचेत गराएको हो ।  अख्तियारले […]

कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गर्दैछु: गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनु पर्ने बताए।...

भ्रष्टाचार न्यूनीकरणमा सचेतना

विकास निर्माणलगायत प्रशासनिक निकायमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न बागलुङका सवै निकायलाई सचेत गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँले आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक अन्तर–संवाद कार्यक्रममार्फत स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई बिहीबार सचेत गराइएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग नगर्न गाउँपालिकाद्वारा कर्मचारीलाई सचेत

भोजपुर । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै भोजपुरको रामप्रसादराई गाउँपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकलाई सामाजिक सञ्जाल प्रयोगबारे सचेत गराएको छ । गाउँपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै पालिकाभरिका सबै राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक लगायतलाई सामाजिक सञ्जालको दुरुपयोग नगर्न/नगराउन सचेत गराएको हो । ‘सामाजिक सञ्जालको सदुपयोग सँगै दुरुपयोग पनि बढ्दै गएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, […]

कर्मचारी सरुवामा ‘आर्थिक’ चलखेल : असम्बन्धित व्यक्ति बोकेर आउनेको सरुवा नहुने !

काठमाडौँ । सरकारले कर्मचारी सरुवामा आर्थिक चलखेलको गन्ध आएको भन्दै सम्बन्धित पक्षलाई सचेत गराएको छ । सरुवा, काज तथा कामकाज सम्बन्धी कार्यको अनुरोधका लागि सम्बन्धित कर्मचारीहरूसँगै असम्बन्धित व्यक्तिहरू मन्त्रालयमा आउने क्रम बढ्नुका साथै ‘आर्थिक प्रलोभन एवं चलखेल लगायतका विषयमा समेत गुनासो सुनिएको’ भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई सचेत गराएको हो । कर्मचारीको […]