काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयअन्तर्गतका ९:५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन मन्त्रालयले पहल गरिरहेको बताएका छन् । गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालयअन्तर्गतका ९:५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरूका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताएका हुन् । उनले सरकारी कार्यालयहरूमा […]